शुक्रबार, १६ चैत २०८०

केडिया अर्गनाईजेशनले ल्यायो फ्लोरम्याक्स

समयपोष्ट २०७३ भदौ १९ गते १२:४३

केडिया अर्गनाईजेशनले ग्रीन प्लाई अन्र्तगत प्रिमियम फ्लोरिङ बजारमा ल्याएको छ । केडियाको भगिनी संस्था आर.आई.पि.एल इन्टरनेशनल प्राइभेट लिमिटेडले सरसफाई गर्न सजिलो र छरितो हुने भएकाले यो भुईमा विच्छायाउने प्लाई बजारमा ल्याएको हो ।
आर.आई.पि.एल का निर्देशक आयुश केडियाले काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा नेपाली बजारमा यस्तो प्लाईको माग भएको र मध्यमबर्गलाई लक्षित गरिएको बताए। बिभिन्न  १५ फरक रंगमा पाइने यो प्लाईको १० बर्षको वारेन्टी रहेको छ ।
floor

Advertisement

कार्यक्रममा केडिया अर्गनाइजेशनका निर्देशक अनिल केडियाले भारतमा उत्पादित उक्त फ्लोरम्याक्सको डिलर लिएको बताए । उनले डिलर लिनु ठूलो कुरा नभएर नेपाली बजारमा आफूले यसको विस्तार गर्नु चुनौति रहेको प्रष्ट पारे। काठमाडौमा अहिले १२ वटा डिलरबाट बिक्रि गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री