शुक्रबार, १६ चैत २०८०

जुवाको खालबाट वडाध्यक्ष पक्राउ

समयपोष्ट २०७४ असोज १० गते १३:४२

सुनसरीको काशी गाउँपालिका–८ का वडाध्यक्षसहित १२ जना जुवाडेलाई प्रहरीले  सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका सबै जनालाई प्रहरीले तीन दिनअगाडि सुनसरीे काशी गाउँपालिका–८ भण्टाबारी क्षेत्रबाट पक्राउ गरेका थिए । 

Advertisement

पक्राउ पर्नेमा वडाध्यक्ष यादवसहित इनरुवाका चन्द्र पोखरेल, बद्री स्वर्णकार, विनोद अटल, शम्भुकुमार साह र महेन्द्र यादव छन् । त्यस्तै भोक्राहाका कुन्दन कौशिक साह, नन्दकिशोर मेहता, महेन्द्र यादव, सङ्खुवासभाका विनोद ओझा र भारत पटनाका रामअयोध्या शर्मा छन । 

पक्राउ परेका स्थानबाट प्रहरीले जुवा खालसहित चार लाख २२ हजार १३५ नेपाली रुपैयाँ र ९२ हजार ३८० भारतीय रुपैयाँ बरामद गरेको थियो । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरुलाई आइतबार राति पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए। पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाइएको उनले बताए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री