बिहीबार, १३ वैशाख २०८१

‘एक्लै लडेर निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा छौँ ‘

समयपोष्ट २०७४ असोज १० गते ५:३९

 नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै लडेर निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताएका छन् । 

Advertisement

प्रेस सेन्टर चितवनले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले चितवन क्षेत्र नं ३ मा आफूले एक्लै निर्वाचन लडेर जित्ने कोसिसमा रहेको बताए ।
एक्लै निर्वाचन जित्न सक्नुहुन्छ रु भन्ने प्रश्नमा दाहालले भने, “सम्भावना छ भन्ने विश्वासमा छु ।”

चुनावी तालमेलका विषयमा अन्य दलहरुसँगको छलफल पनि जारी रहेको उनले बताए ।  दाहालले भने, “तालमेलको छलफल सबै दलसँग चलेको छ, टुंगो लागेको छैन ।” नेपाली काँग्रेस र नेकपा (एमाले)सँग तालमेलका विषयमा छलफल चलिरहेको भन्दै उनले ठोस निष्कर्षमा नपुगेको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुसँग मात्रै तालमेल गर्ने नीतिगत निर्णय भएको भन्दै उनले माओवादीप्रतिको जनलहर रहेकाले एक्लै निर्वाचनमा जान पनि सकिने बताए ।

दाहाल बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको वार्षिकोत्सव कार्यक्रममा पूर्व प्रधानमन्त्रीको हैसियतले भाग लिन चितवन पुगेका हुन् ।  रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री