बुधबार, १२ वैशाख २०८१

एनआइसी एसियाको घर कर्जा योजना,०.९ प्रतिशत मासिक ब्याज, दुई बर्षसम्म ब्याज दर नबढ्ने

समयपोष्ट २०७४ असोज ९ गते ६:१२

एनआइसी एसिया बैंकले 'एनआइसी एसिया बैंकको दसैंतिहार उपहार, घर कर्जामा छुटै छुटको बहार' नामको विशेष योजना ल्याएको  छ ।  बैंकले घर तथा जग्गा खरीद गर्न, घर बनाउनका लागि यस किसिमको योजना ल्याएको हो । 

Advertisement

 बैंकले मासिक ब्याज ०.९ प्रतिशत रहेको घर कर्जा ल्याएको हो । बैंकका अनुसार  ग्राहकले घर कर्जाका लागि आवश्यक सबै कागजपत्र उपलब्ध गराएको तीन कार्य दिनभित्रै ऋण उपलब्ध गराउने छ । ब्याज वाहेक प्रोसेसिङ शुल्क, अग्रिम भुक्तानी, धितो मूल्यांकन, बीमा वा कर्जा सुचनालगायतका कुनै पनि शुल्क ग्राहकले तिर्नु पर्दैन । अन्य बैंकमा घरजग्गा ऋण भए त्यो स्वाप गरेर एनआइसी एसियामा ल्याउन सकिन्छ। कर्जाको अवधि २५ बर्षसम्मको हुने छ । दुई बर्षसम्म बैंकले ब्याज दर नबढाउने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख  छ । 

कर्जाका लागि अनलाइनबाटै बैंकको वेवसाइटमार्फत कर्जा पाउने योग्य छ/छैन जाँच गर्न सकिने सुविधा पनि उपलब्ध छ । किस्ता वा ब्याज मात्र, कसरी भुक्तानी गर्ने त्यो सुविधा पनि उपलब्ध छ। ग्राहकले आवश्यकता अनुसार घर कर्जा आवधिक वा ओभरड्राफ्टका रुपमा पनि लिन सक्ने छन् ।

घर कर्जासँगै सवारी साधन कर्जा पनि उपभोग गर्न चाहने ग्राहकलाई गाडीको कर्जाको अवधि पनि घरकै जति २५ बर्षको हुने छ। गाडी मात्र लिन चाहने ग्राहकसँग पनि बैंकले कुनै पनि शुल्क तथा दस्तुर नलिने जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री