शुक्रबार, १४ वैशाख २०८१

परराष्ट्रमन्त्री भन्छन् -विदेशमा आर्जन गरेको साधन, स्रोत र सीप स्वदेशमा खर्चिनुपर्यो

समयपोष्ट २०७४ असोज ८ गते ६:१२

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रहेका नेपालीलाई विदेशमा आर्जन गरेको साधन, स्रोत र सीप मुलुकका निम्ति खर्चिन आग्रह गरेका छन् । नेपालको राष्ट्रिय दिवसका अवसरमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले आईतबार आयोजना गरेको  स्वागत समारोहमा उनले यस्तो बताएका हुन् ।

Advertisement

कार्यक्रममा परराष्ट्रमन्त्री महराले  नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपमरुपमा सफलतामा पुगेको बताए । उनले संविधानअनुसारका तीनै तहका निर्वाचन सम्पन्नपछि मुलुक अब समृद्धिको दिशामा अघि बढ्ने विश्वास समेत ब्यक्त गरे । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री