शुक्रबार, १४ वैशाख २०८१

२५ लाख घर फर्कदै

समयपोष्ट २०७४ असोज ६ गते २:२९

यात्रुबाहक बस, मिनिबस र माईक्रो बसको लाम लागेको थियो । झिटीगुन्टा बोकेर हतारिँदैआउने यात्रुको भीड लागेको थियो ।ओखलढुंगा, ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, खोटाङ भन्दै यात्रु बोलाउन ब्यस्त थिए, सञ्चालकहरु । 

Advertisement

अचेल काठमाडौंको चावाहिलमा हरेक दिन देखिने दृश्य हो यो । अरुबेला दैनिक पाँचदेखि सातवटा बस छुट्ने चावाहिलबाट अहिले पुर्वी पहाडका लागि ३० भन्दा बढी बस छुट्छन् । पछिल्लो मतगणना अनुसार काठमडौं उपत्यकामा स्थायी बसोबास गर्नेको संख्या २५ लाख १७ हजार थियो ।

तर, विभिन्न पेसा र ब्यवसायका लागि यहाँ बसोबास गर्नेको संख्या समेत जोड्दा काठमाडौंको जनसंख्या ४० लाखभन्दा बढी हुने अनुमान छ । त्यसले गर्दा काठमाडौं उपत्यकामा बर्षभर नै जताततै भीडभाड देखिन्छ । नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री