बिहीबार, १३ वैशाख २०८१

टिभिएसको दशैं–तिहार लक्षित ‘तात्यो बजार, तत्काल १० हजार’ अफर

समयपोष्ट २०७३ भदौ १८ गते २:५२

जगदम्बा मोटर्सले चाडपर्वलाई लक्षित गर्दै ‘तात्यो बजार, तत्काल १० हजार’ योजना ल्याएको छ। 

Advertisement

टिभिएसका मोटरसाइकल, स्कुटर र तीन पाङ्ग्रे सवारी साधनहरुका लागि यो योजना रहेको छ।   योजना अन्तर्गत अपाचे सिरिज आरटीआरका ग्राहकले (हालै लञ्च गरिएको अपाचे सिरिज आरटीआर २०० ४ भी बाहेक) ७ हजार रुपैयाँ तत्काल पाउनेछन् भने टिभिएसका अन्य सबै मोटरसाईकल र स्कुटरका खरिदकर्ताले तत्काल १० हजार पाउने छन्।

टिभिएसका ग्राहकले कुनै पनि प्रकारको ‘स्क्र्याच कुपन’ वा ‘लक्की–ड्र’ लगायतका विभिन्न झन्झटको सामना नपर्ने कम्पनीले जनाएको छ। यस योजनाबाट सम्पूर्ण ग्राहकले चाडवाडको अवधिभर भरपुर फाइदा उठाउने तथा यसले समग्र मोटरसाइकल र स्कुटरको बजारमै नयाँ उत्साह थप्ने कम्पनीको अपेक्षा छ। 

jagadambaकम्पनीका हाल देशभर ६९ वटा डिलर रहेका छन्। आफ्ना सबै ठाउँमा फैलिएर रहेका अत्याधुनिक शोरुम तथा सर्भिस सेन्टरमार्फत कम्पनीले आफ्ना ग्राहकलाई सही सूचना, मर्मत सम्भार, गुणस्तरीय स्पेयर पार्टस् लगायतका सम्पूर्ण सेवा उपलब्ध गराउँदै आएको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री