शुक्रबार, १६ चैत २०८०

भारतमा फेरी अर्का पत्रकार मारिए

समयपोष्ट २०७४ असोज ५ गते ११:३०

भारतमा राजनीति विषयमा समाचार लेख्ने एकजना समाचारदाताको बुधबार हत्या भएको छ । 

Advertisement

उनको कुटेर हत्या गरिएको अधिकारीले बिहीबार जानकारी दिएका छन् । करिब दुई हप्ता अघिमात्र भारत कै अर्का एकजना उच्च दर्जाका पत्रकारको पनि गोली हानी हत्या गरिएको बताइएको थियो । 

सानतानु भौमिकले भारतीय एक दुर्गम राज्य त्रिपुराको प्रान्तीय राजधानी आगार्तालाको बाहिरी इलाकामा दुई राजनीतिक पार्टीका परस्पर विरोधीबीच जारी रहेको द्वन्द्वको बुधबार समाचार सङ्कलन गरेका थिए । 

सोही क्रममा उनको क्ुटेर हत्या गरिएको थियो । समाचार सङ्कलनको क्रममा गएका उनलाई उक्त विरोध कार्यक्रममा सहभागी कार्यकर्ताले कुटेर मारेका थिए । 

यस इालाकामा जारी द्वन्द्वकोक्रममा एक दर्जन भन्दा बढी प्रहरी अधिकारी पनि घाइते भएका प्रहरी निरीक्षक अभिजित सप्तारसीले बताए ।   

द्वन्द्व जारी रहेको इलाकामा ती पत्रकारको शव भेटिएको अभिजितले त्रिपुराबाट एएफपी समाचार समितिलाई बताए ।  

हालसम्म पत्रकार हत्याको विषयलाई लिएर कोही पनि व्यक्ति पक्राउ परेका छैनन् । तर जारी द्वन्द्वको क्रममा भने चारजनालाई पक्राउ गरिएको छ । रासस÷एएफपी

प्रतिक्रिया

सम्बन्धित सामाग्री