बिहीबार, ६ वैशाख २०८१

शेयर बजार ३.८९ अंकले घट्यो ,नेपाल लाइफ इन्स्योरेन्सको शेयर सबैभन्दा बढी किनबेच

समयपोष्ट २०७४ असोज ४ गते १०:२२

बुधबार नेप्से परिसुचक ३.८९ अंकले घटेर १५३९.८१ अंकमा झरेको छ । यसदिन १ सय ५८ कम्पनीका १० लाख कित्ता सेयर ५४ करोड रुपैयाँ बराबरमा किनबेच भएका छन् । यसदिन सबैभन्दा बढी  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक शेयर ११ करोड रुपैयाँ बराबर किनबेच भयो । 

Advertisement

यसदिन पनि उपसूचक मिस्रित देखिएका छन् । बाणिज्य बैंक ५.७२, होटल ७.४९, विकास बैंक ६.८४, जलबिद्युत ४.०५ र बीमा २१.१२ अंकले घटेको छ भने  ट्रेडिङ् २२.८, फाईनान्स १.१५ र अन्य ६.३६ अंकले बढेको छ ।

बिशाल बजार कम्पनीको शेयर मूल्य सबैभन्दा बढी  १० प्रतिशतले बढेको छ भने कुबेर मर्चेन्ट बैंकको शेयर मूल्य सबैभन्दा बढी करिब नौ प्रतिशत घटेको छ ।                 

प्रतिक्रिया

सम्बन्धित सामाग्री