मंगलबार, ६ चैत २०८०

कर्मचारी सरुवा प्रक्रिया टुगिंयो ,पहिलो चरणमा करिब एक हजार चार सय कर्मचारी सरुवा

समयपोष्ट २०७४ असोज ४ गते ८:२२

सामान्य प्रशासन मन्त्रालयले पहिलो चरणको कर्मचारी सरुवा प्रक्रिया टुङग््याएको छ । 

Advertisement

पहिलो चरणमा मन्त्रालयले करिब एक हजार ४२४ कर्मचारी सरुवा गरेको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत लीलाराज काफ्लेले जानकारी दिए । 

उनले पहिलो चरणमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नियमित अन्तर्गतका विभिन्न मन्त्रालय, निकायमा सरुवा गरिएको बताए । 

यसपटक मन्त्रालयले नियमित सरुवाभन्दा पनि स्थानीय विकास मन्त्रालयमा बढी कर्मचारीको सरुवा गरेको छ । काफ्लेका अनुसार उपसचिव ११७ र अधिकृत ८० जना स्थानीय विकास मन्त्रालयमा सरुवा गरिएको छ । 

यस्तै नायब सुब्बा ७६६ र खरिदार ४६१ सरुवा गरिएका छन् । ती सरुवा सबै निर्वाचन आयोगको सहमतिमा मन्त्रालयले गरेको हो । उनले सरुवा गरिएका कर्मचारीले पत्रसमेत लिन थालिसकेको बताए । 
 
मन्त्रालयले आचारसंहिता लागेका कारणले अत्यावश्यकबाहेक अन्यमा विगत जस्तै नियमित सरुवा भने गरेको छैन । निर्वाचन आयोगले भदौमा १२ र १४ गते मन्त्रालयले गरेको सरुवा अत्यावश्यक ठाउँमा गरेको भन्दै फुकुवा गरेको थियो । 

शाखा अधिकृत काफ्लेका अनुसार स्थानीय विकास मन्त्रालयले थप स्थानीय तहलाई कर्मचारी माग गरेको खण्डमा मन्त्रालयले पठाउने तयारी समेत गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री