शुक्रबार, १६ चैत २०८०

तीनकुनेमा दुर्घटना , दुई जनाको मृत्यु

समयपोष्ट २०७४ असोज ४ गते ६:३३

तीनकुने नजिक गए राति भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

Advertisement

कोटेश्वरबाट गौशाला जाँदै गरेको बा६१प नम्बरको मोटरसाइकल राति करिब १ बजे पल्टिँदा चालक ललितपुर इमाडोलका ३८ वर्षीय राजु तामाङका साथै पछाडि सवार काभ्रेपलाञ्चोकका २८ वर्षीय विशाल लामाको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका तामाङ र लामालाई उपचारको क्रममा मीनभवनस्थित निजामती अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा संलग्न सवारी साधन प्रहरी नियन्त्रणमा रहेको महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री