बिहीबार, १३ वैशाख २०८१

दशैको लागि ल्याउँदै गरिएका च्याङ्ग्रा बाटोमै मरेपछि दश लाख नोक्सान

समयपोष्ट २०७४ असोज ३ गते १०:०९

हिमालपारिको जिल्ला मुस्ताङबाट ट्रकमा ल्याइएका भेडा च्याङ्ग्रा सोमबार बाटोमै मरेका छन् । दशैँ र तिहारका लागि लक्षित गरी पोखरा लैजाँदै गरेका करिब ६० भेडा च्याङ्ग्रा बाटोमै मरेका हुन् । पोखराका व्यापारी प्रवीण अधिकारीले ल्याएका च्याङ्ग्रा एउटै ट्रकभित्र जबर्जस्ती कोचिएका कारण मरेका हुन् । 

Advertisement

अधिकारीले रु २२ लाखको लगानीमा १३० भेडा च्याङ्ग्रा ल्याएको बताए । उनले पाँच दिन लगाएर उपल्लो मुस्ताङबाट भेडा च्याङ्ग्रा ल्याएको बताए। च्याङ्ग्रा मरेपछि अधिकारीको झण्डै रु १० लाखभन्दा बढी नोक्सान भएको छ । अन्य च्याङग्रा पनि अस्वस्थ छन् । रासस


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री