बिहीबार, ६ वैशाख २०८१

निलो रगत भएको यो जिव मेडिकल साईन्सको लागि बरदान (फोटोफिचर)

समयपोष्ट २०७४ असोज ३ गते ८:२५

सामुन्द्रिक जिव हर्स शु को रगत मेडिकल साईन्सको लागि अमृत समान हुने गर्दछ । आम रुपमा सबै जिवको रगत रातो हुँने भएतापनि यस जिवको रगत भने निलो रंगको हुँने गर्दछ । यस जिवको आकार घोडाको नाल जस्तो हुँने हुँदा यसको नाम हर्स सु क्रयाब राखिएको छ ।

Advertisement

1f

 Limulus polyphemus बैज्ञानीक नाम दिईएको यस जिव ४५ करोड बर्ष देखि जिवित रहेको अनुमान गरिएको छ । करोडौ बर्ष पछि पनि यिनीहरुमा खासै बद्लाब नआएको बताईएको छ  । मेडिकल साईन्समा यस जिवको प्रयोग यसको  रगतमा हुँने एण्टि ब्याक्टेरियल प्रपर्टिको कारण गर्ने गरिन्छ । 

2f

यस जिवको रगतमा कपर बेस्ड हेमोस्याइनिन हुँने गर्दछ । जसले अक्सिजनलाई शरीरको सबै ठाउँमा पुर्याउँने गर्दछ । कपर बेस्ड हेमोस्याइनिनले गर्दा यस जिवको रगत निलो भएको हो ।यस जिवको रगत बिशेषत शरीरमा दिईने औाषधिमा हुँने हानिकारक ब्याक्टेरिया पत्ता लगाउँन प्रयोग गरिन्छ जसले ब्याक्टेरियाको बारेमा सटिक जानकारी दिनेगर्छ । यसले मानिसहरुले प्रयोग गर्ने औषधिको दुष्प्रभाव तथा हानिको बारेमा समेत जानकारी दिन्छ ।

5f

 

यस जिवको रगतको मुल्य प्रति लिटर दश लाख भारतीय रुपैयाँ रहेको छ । हरेक बर्ष ५ लाख भन्दा बढी यस जिवको रगत निकाल्ने गरिन्छ । संसारका भिन्दा भिन्दै ठाउँहरुबाट यि जिवहरुलाई प्रयोगशालामा लैजाने गरिन्छ । यस जिवलाई राम्रोसंग सफा गरेपछि यिनीहरुलाई  स्ट्याण्डमा झुण्डाईन्छ । त्यसपछि लामो सिरिन्ज जिवको मुखमा घोपिन्छ र रगत बोटलमा भरिन्छ । यसो गर्दा केही जिवहरु बाँच्न सफल हुन्छन् । बाँच्न सफल भएका यि जिवहरुलाई पुन समुन्द्रमानै छाड्ने गरिन्छ ।  यस जिवको प्रयोग अत्याधिक गरिएको हुँदा हाल उत्तर अमेरिकामा यो जिव कम हुँदै गएको छ ।

3f

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री