शुक्रबार, १४ वैशाख २०८१

आमा-छोरी एउटै कक्षामा

समयपोष्ट २०७४ असोज २ गते २:५६

भेरी नगरपालिका द्ध, बोहराकी ४३ बर्षीया पुर्णिमा मल्ल चन्द १८ बर्षीया छोरी अमृतासंगै दैनिक १ घण्टा हिंडेर विद्यालयको कक्षाकोठामा पुग्छिन् । आमा छोरी प्राय कक्षाकोठाको पहिलो बेन्चमा बस्छन् । पुर्णिमा र उनकी छोरी अमृता भिभुवन मावि खलंगाका ११ कक्षाका विद्यार्थी हुन् । 

Advertisement

पुर्णिमाले त्रिभुवन माविबाटै ११ बर्षअघि एसएलसी उत्तीर्ण गरेकी थिईन भने अमृताले यसै बर्ष एसईई उत्तीर्र्ण गरेकी हुन् । ९ कक्षा पढ्दापढ्दै २०५१ सालमा विवाह भएपछि पढाई अलपत्र परेको पुर्णिमाले बताईन् । उच्च शिक्षा पढ्ने लक्ष्य थियो तर पुरा भएन । 

घर नजिकैको विद्यालय र क्याम्पसबाट स्नातकसम्मको शिक्षा लिने उदेश्य रोखेकी छु । उनले भनिन् छोरी संगै विद्यालयमा पढ्ने अवसर पाउँदा खुसी लागेको उनले बताईन् । 

कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री