शुक्रबार, ७ वैशाख २०८१

दशैको मुखमा मुल्य बृद्धि, मुल्यबृद्धि भएका खाद्यान्नको सुचि

समयपोष्ट २०७४ असोज १ गते ३:०४

दसैंको मुखमा आएर व्यवसायीले खाद्यान्नको मूल्यवृद्धि गरेका छन् । मूल्य बढेर आएको बहाना देखाउँदै व्यवसायीले उपभोक्तालाई प्रतक्ष्य असर पर्ने गरी खाद्यान्नमा मूल्य बढाएका हुन् ।

Advertisement

व्यवसायीले चामल, गेडागुडी र खाने तेल, चिनी, जीरालगायत अन्य खाद्यान्मा मूल्य बढाएका छन् ।   चामलमा मात्रै प्रतिबोरा एक सय देखि एक सय ५० रुपैयाँसम्म मूल्यवृद्धि भएको उपभोक्ताहरु बताउँछन् । राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने, -मूल्य बढाउनुपर्ने अवस्था नरहे पनि बढी नाफा कमाउनका लागि व्यवसायीले बढाएका हुन् ।-यसले उपभोक्तालाई प्रतक्ष्य मार परेको छ ।

नेपाल खुद्रा व्यापार संघका अनुसार,

-खाने तेलमा ५ देखि १० रुपैयाँसम्म वृद्धि भएको छ ।

-जिरा प्रतिकेजी ३० देखि ४० रुपैष्याँसम्मले बढेको छ ।

-गेडागुडी र दालमा सामान्य मूल्यवृद्धि भएको छ ।

कारोबार दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री