बिहीबार, १३ वैशाख २०८१

नेपाल हाइड्रोको एक हजार भन्दा बढीको आवेदन रद्द , कतिले पाए सेयर ?

समयपोष्ट २०७४ भदौ ३० गते ७:१७

नेपाल हाइड्रो डेभलपरको आइपीओ शुक्रबार बाँडफाँड भएको छ । आईपीओमा ३६ हजार २७० जना आवेदकले १० कित्ता सेयर प्राप्त गरेका छन् । सेयर गोलाप्रथाद्धारा बाँडफाँड गरिएको हो । आईपिओमा कुल एक लाख ७३ हजार पाँच सय एक जना आवेदकले आवेदन गरेका थिए । जसमध्ये एक हजार ९०९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । 

Advertisement

कम्पनीको आईपीओमा एक लाख ७१ हजार ५९२ जनाको आवेदन स्वीकृत भएको थियो । कम्पनीले यही साउन २७ गतेदेखि साउन ३२ गतेसम्म सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता प्राथमिक सेयर निष्काशन गरेको थियो । 

६ .८ मेगावाटको तल्लो चर्नावती जलविद्युत् आयोजनाको निर्माण गर्न लागेको कम्पनीले यसअघि ३ .५२ मेगावाटको चर्नावती जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । यस कम्पनीलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

यसले कम्पनीको आधारभूत पक्ष औसत रहेको देखिन्छ । यसअघि सञ्चालनमा रहेको पहिलो आयोजनाको आधारमा यस्तो रेटिङ प्रदान गरिएको हो । कम्पनीको चुक्ता पूँजी २२ करोड १० लाख रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको पूँजी २६ करोड पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री