शुक्रबार, ७ वैशाख २०८१

नक्कली पार्टस्वाट जोगिन ग्राहक नै जागरुक हुनुपर्छ

समयपोष्ट २०७३ भदौ १६ गते १२:०२

सत्यदीपले अटोमोबाइलसँग सम्बन्धित के–के सामग्री वितरण गर्दै आएको छ ?
हामी बोस कम्पनीको आधिकारिक बिक्रेता हो । हामीले जर्मनी बेस कम्पनीमा हेला, जेडा पावर स्टेयरिङ र हर्नवेल टर्बो चार्जरका सम्पूर्ण स्पेयर पार्ट नेपालभरि बिक्री–वितरण गर्दै आएका छौं । हामीले वितरण गर्ने स्पेयर पार्टस्मा बोसको फिल्टर, लुब्रिकेन्ट, ब्याट्री, वाइपर ब्लेड हर्न र फिल इन्जेक्सन पम्पको स्पेयर पार्टस् छन् भने हेलाको लाइट, हर्न, फोक्स ल्याम्प रहेका छन् । हामीले वितरण गर्ने लुब्रिकेन्ट वर्ड क्लास लुब्रिकेन्ट हो । नेपालमा अहिले बिक्रीको हिसाबले हाम्रो मार्केट नेटवर्क मजबुत छ । विगत तीन,चार वर्षदेखि ग्राहकमा पनि जेनुइन सामान नै प्रयोग गरौं भन्ने चेतना विकास भएको छ । बिक्री वितरणको हिसाबमा हामी सन्तुष्ट छौं । 
हरेक वर्ष बजेट भाषण आउँदा अटोमोटिभ्सको पनि मूल्य बढेर आइरहेको हुन्छ ? यसले तपाईंहरूलाई कत्तिको असर गर्छ ?
हामीलाई धेरै असर गरिरहेको छ । खुला सिमाना र भन्सारले गाह्रो परिरहेको छ । भन्सार बढ्दै गयो, हामी वैधानिक रूपमा आयात गर्नेको मूल्य बढी हुन्छ । सिमानाबाट चोरेर ल्याउनेको सस्तो हुन्छ । त्यdipendraसो हुँदै जाँदा अनधिकृत आयात बढ्दै जान्छ । 
चोरी निकासी कसरी रोक्न सकिन्छ र सक्कली पार्टस् कसरी छान्ने ?
सबै व्यापार जुन भारतबाट हुने गर्छ, त्यसलाई सरकारले वैधानिक गराउनुपर्यो। भन्सार दर जुन १५ प्रतिशत छ, त्यसलाई घटाएर ५ प्रतिशतमा झार्नुपर्यो। अनि सरकारको राजस्व पनि बढ्छ । सबैले एक नम्बरी नै आयात गर्न थाल्छन् । नेपालमै सस्तो भएपछि वैधानिक रूपमा मान्छे अथोराइज्ड ठाउँमै सामान किन्न थाल्छन् । कस्टोमर पनि बोर्डरपारि जाँदैन । 
मुख्य कुरा कस्टोमर जागरुक बन्नुपर्यो। कस्टोमरले सामान कहाँबाट किनिरहेको छु भनेर विचार गर्नुपर्छ । अथोराइज्ड ठाउँबाट जेनुइन स्पेयर पार्टस् गाडीमा प्रयोग गर्नुपर्छ । स्पेयर पार्टस्कै कारण दुर्घटना हुने गर्छ । त्यसैले गाडीमा कस्तो सामान प्रयोग भएको छ छैन, त्यो विचार गर्नुपर्छ । गाडीमा ब्रेक फेल भयो, स्टेयरिङ नै नचलेर दुर्घटना भयो भनेर हामी सुनिरहेका हुन्छौं । त्यो सबै नक्कली सामानले गर्दा नै भएको हो । अन्य मुलुकमा कुनै पनि स्पेयर पार्टस् आयात गर्दा सर्टिफिकेसनको कुरा आउँछ । सरकारको अप्रुभलको कुरा आउँछ । विदेशमा प्रयोग हुने सामान सबै जेनुइन हुन्छ । र, सर्टिफिकेसन दिएको कम्पनीमातहतमा त्यो बेचिन्छ । तर, नेपालमा पुराना सामानलाई रंग लगाएर बेचिन्छ । त्यसमा सरकारले केही ध्यान दिएको हुँदैन । 
कुन–कुन गाडीलाई लाग्ने पार्टस् बिक्री गर्नुहुन्छ ?
पार्टस्मा साइकलदेखि लिएर टाटाको ठूलो ट्रकसम्म र कारदेखि लिएर कमर्सियल गाडी सबैको पार्टस् हामीले बिक्री वितरण गर्दै छौं । अहिले बिजनेस ग्रोथ भइरहेको छ । नयाँ–नयाँ गाडीको सेल्स नै २०,३० प्रतिशतले ग्रोथ छ । त्यही हिसाबले मार्केट बढिरहेको छ । भविष्यमा केही गर्ने हो भने यही अभाइलेबल कुनै ब्याट्री अथवा लुब्रिकेन्टको प्लान्ट लगाउने विचारमा छौं । 
यहाँ प्लान्ट लगाउन के समस्या छ ?
विगत १० वर्षमा राजनीतिक समस्या नै मुख्य थियो । संविधान जारी भएपछि मधेस आन्दोलन भयो । अझै पनि हामी ढुक्क हुन सक्ने अवस्था छैन । संविधान कार्यान्वयन नहुँदासम्म समस्या नै छ । सरकारको स्पष्ट नीतिहुँदैन । सरकार बदलिरहन्छ । प्रत्येक सरकारले बजेट भाषण आ–आफ्नै हिसाबले गरिदिन्छन् । यहाँ नेपालमा खुल्ने प्लान्टलाई सरकारले कच्चा पदार्थमा ग्राह्यता दिनुपर्छ । कच्चा पदार्थको भन्सार भायबल हुनुपर्यो र आयातीत फिनिस गुड्स आउँछ, त्यसको भन्सार बढी गरिदिनुपर्छ । नेपालमा धेरै यस्ता सामान छन्, जुन यहाँ उत्पादन हुने र फिनिस्ड गुड्समा आउनेलाई पनि त्यही भन्सार लाग्छ । अनि त्यो भायबल नैहुँदैन । सामानमा लाग्ने अन्तशुल्क घटाइदिँदा हामीलाई सहज हुन्छ । यहाँका नेपाली नागरिक पनि नेपालमै उत्पादित सामान प्रयोग गर्नका लागि सचेत हुनुपर्यो। नेपाली भन्नेबित्तिकै नाक खुम्च्याउने सोच अन्त्य गर्नुपर्छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री