शनिबार, ५ जेठ २०८१

श्रीमतीले यौन चाहना नै छैन भनेपछि….

समयपोष्ट २०७६ असोज ७ गते २०:३४

Advertisement

यौन चाहना नहुने विभिन्न कारण हुन्छन् । जसमध्ये सबैभन्दा प्रमुख कारण रागरसको गडबडी हो । त्यस्तै व्यक्तिले उच्च रक्तचाप, मनोद्दिपक (मानसिक रोग) को औषधि र मधुमेहको औषधि सेवन गरेको अवस्थामा पनि उसमा यौन चाहना नआउन सक्छ ।

आफ्नो दिनचर्या निकै व्यस्त हुने व्यक्तिमा थकान र विभिन्न तनावले मानसिक रुपमा तयार नहुनाले पनि व्यक्तिमा यौन चाहना नआउन सक्छ । यसका साथै केही हदसम्म वंशाणुगत गुणका कारणले पनि यौन चाहनामा फरक पर्न जान्छ । तर यी समस्या परामर्शको माध्यमबाट हल गर्न सकिने यौन विशेषज्ञ बताउछन् ।

यौन इच्छा नआउनु कुनै रोग होइन र यसले शरीरमा कुनै किसिमको हानी गर्दैन् । मानिसलाई यौनको आवश्यकता पर्छ । किनकी मानिस यौनिक प्राणी हो । तर यौन सम्पर्क नराख्दैमा मानिस बाच्दैन भन्ने होइन ।

Advertisement

यौन सम्पर्कबाट टाढा रहदा अझ एचआईभी एड्स तथा यौन संक्रमणबाट बच्न सकिन्छ । त्यसैले यौन चाहना नहुनु धेरै ठूलो समस्या होइन । तर विवाह पछिको यौन सम्बन्धमा भने यसले केही प्रभाव पार्छ नै । श्रीमान्लाई यौन चाहना भइरहने र श्रीमतीलाई यौन चाहना नहुदा समस्या पैदा हुन्छ । श्रीमानको इच्छा पुरा गर्न पनि श्रीमतीले यौन सम्पर्क राखिदिनु पर्ने सचन हाम्रो समाजमा छ ।

श्रीमतीले यौन चाहना नै छैन भनेपछि श्रीमानले शंकाको दृष्टिले हेर्ने परम्परापनि समाजमा छ । त्यसैले यौन चाहना नहुनु कुनै रोग नभए पनि विवाह पछिको यौनले विशेष महत्व राख्छ ।

त्यसैले कसरी हुन्छ, विवाहपछि श्रीमान श्रीमतीबिच सहमतीमा यौन सम्पर्क राख्नु पर्छ । र एकले अर्काको भावना बुझ्नु पर्छ । यौन चाहना कम हुदैमा शंकाको दृष्टिले हेर्ने संस्कार हटाउनु पर्छ । किनकी यौन चाहना व्यक्ति व्यक्ति फरक हुनसक्छ । इच्छा वेगर गरेको यौन सम्पर्क वलात्कार हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री