
घटेको मूल्य अनुसार ग्याँस कारोबार नगर्ने व्यवसायीहरुलाई नेपाल आयल निगमले कारबाही गर्ने चेतावनी दिएको छ ।
निगमले एक विज्ञप्ति जारी गर्दै व्यवसायीहरुलाई यस्तो चेतावनी दिएको हो ।
निगमले बजार अनुगमनका क्रममा पुरानै मूल्यमा एल.पी ग्याँस कारोबार भइरहेको पाइएकाले त्यसो नगर्न ग्याँस व्यवसायीलाई भनेको छ । अन्यथा कडा कारबाही गर्न बाध्य हुने विज्ञप्तिमा जनाइएको छ ।
निगमले गत असोज ३ गते मध्यरातदेखि लागु हुने गरी एल.पी ग्याँसको मूल्य समायोजन गरेको थियो । खुद्रा मूल्यमा प्रति सिलिण्डर १३७५ रुपैयाँ रहेको मूल्यमा २५ रुपैयाँ घटाएको थियो ।









प्रतिक्रिया