शनिबार, १५ वैशाख २०८१

आईफोन १० को नयाँ फिचर – प्रयोगकर्ताको अनुहारनै पासवर्ड ,यस्ता छन् अन्य विशेषता

समयपोष्ट २०७४ भदौ २८ गते १०:४४

एप्पलले १० औँ बर्षगाठको उपलक्ष्यमा स्मार्टफोनका तीन नयाँ मोडलहरु एकसाथ सार्वजनिक गरेको छ । कम्पनीले आइफोन ७ सिरिजको अपग्रेडका रुपमा आइफोन ८ , ८ एस र आइफोन एक्स अर्थात् आइफोन १० सार्वजनिक गरेको हो । जसमा आइफोनका अघिल्ला सिरिजमा भन्दा धेरै नयाँ फिचरहरु समावेश गरिएका छन् ।

Advertisement

भर्खरै मात्र सावैजनिक भएको एप्पलको आईफोन १० अर्थात आईफोन एक्समा अनुहार पहिचान गर्नसक्ने प्रविधि फेस आईडी समावेश गरिएको छ । कम्पनीका अनुसार आईफोनले आईफोन प्रयोगकर्ताको अनुहारलाई पासवर्ड मान्ने र आईफोन अन हुँन प्रयोगकर्ताले अनुहार देखाउँनुपर्नेछ । प्रयोगकर्ताले चश्मा अथवा ह्याट लगाएको भए पनि आईफोनले प्रयोगकर्ताको अनुहार पहिचान गर्नसक्ने एप्पलको दाबी छ । 
५.८ इन्चको सुपर रेटिना डिस्प्लेयुक्त यस आईफोनमा अहिलेसम्मकै उत्कृष्ट पिक्चर डेन्सीटी रहेको छ । यो फोनमा होम बटन हटाइएको छ । त्यसको विकल्पको रुपमा डेफ्थ सेन्सर भएको फ्रन्ट क्यामेरालाई अगाडी सारिएको छ ।

आइफोन १० मा पछाडीतिर दुईवटा १२ मेगापिक्सेलका क्यामेरा राखिएको छ । वायरलेस चार्जिङयुक्त यो आईफोन ३० मिनेटमा ५० प्रतिशत चार्ज हुने कम्पनीको दावी छ । आइफोन ७ मा भन्दा झण्डै दुई घण्टा ब्याट्री लाइफ यसमा बढी छ ।
आइफोन १० ६४ जीवी र २५६ जीवी गरी दुई स्टोरेज क्षमतामा उपलब्ध हुनेछ भने स्पेश ग्रे र सिल्भर गरी दुई कलरमा उपलब्ध हुने छ । ६४ जीवीको आइफोन १० को खुला बजार मूल्य ९ सय ९९ अमेरिकी डलरबाट सुरु हूने छ । आइफोन १० को प्रि बुकिङ अक्टोबर २७ बाट सुरु हुने छ भने नियमित बिक्री नोभेम्बर ३ बाट हुने छ । यो अहिलेसम्मको सवैभन्दा महंगो आइफोन हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री