शुक्रबार, १४ वैशाख २०८१

सिटिजन बैंक र प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

समयपोष्ट २०७६ भदौ ३१ गते १२:०४

Advertisement

नेपाल स्टक एक्सचेञ्जमा आज सिटिजन बैंक र प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ ।

नेप्सेले सिटिजन बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता २१० रुपैयाँ ६८ पैसा कायम गरेको छ । बैंकले ३ प्रतिशत बोनस र १२ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्न असोज १० गते तेह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले भदौ ३१ गते मंगलबार बुकक्लोज गरेको हो । भदौ ३० गते सोमबारसम्म कायम रहने शेयरधनीले मात्र पाउनेछन्।

यसैगरी प्राइम लाइफको शेयरमूल्य प्रतिकित्ता ३२० रुपैयाँ ८९ पैसा कायम भएकाे छ । इन्स्योरेन्सले १२.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५८ प्रतिशत नगद लाभांश अनुमोदन गर्न असोज ७ गते मंगलबार विशेष साधारण सभा आह्वान गरेको छ । विशेष साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले भदौ ३१ गते मंगलबार बुकक्लोज गरेकाले भदौ ३० गते सोमबारसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन्।

समायोजित मूल्यलाई आधार मानेर मंगलबार दुबै कम्पनीको शेयर कारोबार खुलेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री