बिहीबार, १५ चैत २०८०

इतिहासकै ठुलो ५४ सदस्यीय मन्त्रिमण्डल बनाएका देउवा भन्छन, ‘यो अझै पुगेको छैन,बिस्तार हुन्छ’

समयपोष्ट २०७४ भदौ २७ गते ८:०६

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल  अझै विस्तार हुन सक्ने बताएका छन् । देउवाले इतिहासकै ५४ सदस्यीय मन्त्रिमण्डल  बनाएको भनि  आलोचना भइरहेको बेला यस्तो  बताएका छन् । चुनावी कार्यक्रमका लागि दुई नम्बर प्रदेश पुगेका उनले मंगलबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भने, ‘यति गर्दा पनि अझै धेरैलाई मन्त्री पुगेको छैन, आवश्यकता परे विस्तार गर्नुपर्ने अवस्था छ ।’

Advertisement

देउवाले निर्वाचन आयोगले मन्त्रिमण्डल विस्तार निर्वाचन आचारसंहिताविपरीत भएको बताएपनि  विस्तार गरिसकेकाले अब यो निर्णय फिर्ता हुने हुन नसक्ने बताए ।
देउवाले सोमबार तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेलगत्तै मन्त्रिमण्डल ५४ सदस्यीय बनेको थियो । अर्को प्रसंगमा देउवाले आयल निगममा भएको भ्रष्टाचारमा संलग्न भनिएकाहरुमाथि छानबिन भइरहेको बताए । 

अर्को प्रसंगमा प्रधानमन्त्रीले संविधान संशोधनको प्रस्ताव संसद्मा फेल भए पनि अब चुनावपछि फेरि प्रस्तुत गरिने उल्लेख गरे । सरकारले मधेसी जनताको भावना कदर गर्ने जनाउँदै उनले संविधान लचिलो दस्तावेज भएकाले यसमा जहिले पनि संशोधन गर्न सकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री