शनिबार, १५ वैशाख २०८१

मिस इकलेजको ताज एलिसा र फष्ट रनरअपको ताज प्रकृतिको सिरमा (१० तस्बीरमा हेर्नुहोस्)

समयपोष्ट २०७६ भदौ ३० गते ९:५६

Advertisement

सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको मिस इकलेज २०१९ मा ललितपुरको क्यारेवियन कलेजमा अध्ययनरत १९ वर्षिय एलिसा श्रेष्ठले शीर्ष ताज जितेकी छन् साथै उनले मल्टीमीडीया अवार्ड र भिर्योस च्वाइस अवार्डपनि हात पार्न सफल भइन ।

यस्तै काठमाडौंको ह्वाइटहाउस इनटरनेशनल कलेजमा अध्ययनरत प्रकृति शाहिले फष्ट रनरअपको ताज सहित मिस ट्यालेन्ट अवार्ड पनि हात पारिन् । त्यसैगरी सेकेण्डरनरअपको ताज भने गोल्डेनगेट कलेजमा अध्ययनरत निष्ठा लम्सालले जित्न सफल भइन । थर्ड रनरअप रुषा नापित भने उनले मिस पर्शनालिटी र फोटोजेनीक अवार्ड पनि जित्न सफल भइन साथै फोर्थ रनरअप दिपा लिम्वुले वेष्ट स्कीनक अवार्ड पनि जित्न सफल भइन ।

विधागततर्फ सुस्मीता वसेलले वेष्ट वाक को उपाधी हातपारीन भने सिमा ढकालले मिस पपुलर र अर्गनाइजर च्वाइस जितिन भने वेष्ट डेस स्वेता ठकुरी त्यसै गरि कन्फीडेनस अवार्ड रेश्मा तामाङ , व्यूटीफुल आइज एलिसा भुषाल, मिस पङ्चुवालिटि विमला तामाङ्, करिसा श्रेष्ठले बेष्ट हेयरको उपाधी हात पारिन ।

प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल एयर होस्टेस एकाडमीकी प्रशिक्षक गौरीकला थापा ,जुम्वा तथा नृत्य प्रशिक्षक सोनाम केसी, मिस इकलेज २०१६ की विजेता नितिका कर्मचार्य र माछापुच्छ«े बैकका मोहीनि प्रधान र फिल्म निर्देशक तथा सन्चारकर्मी जनकदिप पराजुली र सिम्रीक एयरलाइन्सकी चिफ एयर होस्टेज अस्मीता खनाल रहेका थिए ।

प्रतियोगितामा विजेताले मिस इकलेज २०१९’का ताज र उपाधी सहित उपहार स्वरुप थाइल्याण्ड टुरको लागि हवाइ टिकट प्राप्त गरिन भने उक्त प्रतियोगीतालाई प्रायोजन गर्ने कलेजहरुमा उच्च शिक्षा अध्ययनका लागि एक लाख वरावरको छात्रावृक्ति पनि हातपारिन । साथै उनले डाइस्टारको तर्फवाट टिभि उपहार पाइन ।

प्रतियोगितालाई प्रायोजन गरेको नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट रु ३० हजार वरावरको एयर होस्टेज तालिमको अवसर पनि प्राप्त गरिन ।

त्यस्तै गरि फस्ट रनर अप र सेकेण्ड रनर अपले भने डाइस्टारको तर्फवाट मिक्सचर,प्रेशर कुकर लगायत विभिन्न घरायसी समानहरु उपहार प्राप्त गरे ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री