शुक्रबार, २ साउन २०८२

सुतिरहेको अवस्थामा सर्पले डसेर शिशुको मृत्यु

समयपोष्ट २०८२ साउन १ गते १३:५६

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण एक १४ महिने शिशुको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको हो ।

सर्पले डसेपछि अचेत भएकी उनलाई तत्काल उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि गोरुसिङ्गे सर्पदंश उपचार केन्द्र पठाइएको थियो । उपचारका लागि केन्द्रमा लैजाने क्रममा शिशुको बाटोमै मृत्यु भएको गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिनुभयो ।

गाउँमा सर्पको आतङ्क बढ्दो भए पनि प्रभावकारी उपचार सेवाको अभावले ज्यान जाने गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री