बिहीबार, १३ वैशाख २०८१

तरलता सहज भयो भन्दैमा खुरु–खुरु लगानी गर्न सक्ने अवस्था छैन,कृषि विकास बैङ्कका सिइओ लीलाप्रकाश सिटौलाको अन्तर्वार्ता

समयपोष्ट २०७४ भदौ २७ गते ४:०५


लगानीयोग्य रकमको अभावले व्याजदर बढ्यो, त्यसले तपाईंको बैङ्कको नाफामा कत्तिको असर गर्यो ?

Advertisement

चालू आर्थिक वर्षको प्लानिङ भर्खर सुरु भएको छ । यो भन्दा अघिल्लो वर्ष केही हदसम्म लगानीयोग्य  रकमको अभावको कारणले वाञ्छित लगानी हुन नसकेको अवस्था हो तर पनि हामीले त्यो वर्षको सुरुदेखि नै आफ्नो योजनाअनुसार लगानी गरेको कारणले टोटल आउटस्ट्यान्डिङ लोनमा त्यति ठूलो ग्याप रहेन । त्यस कारण व्याज आम्दानी पनि ९७ प्रतिशत हाम्रो पर्फमेन्स छ । प्रोफिट्याबिलिटीको हिसाब गर्दा पनि हाम्रो मुनाफा केही बढेको छ । बढ्नु स्वाभाविक हो किनभने हाम्रो ल्यान्डिङको टार्गेट अलि हाई थियो । अलि माथि राखेको छौँ । डिपोजिटको पनि माथि गएपछि गत वर्षको भन्दा स्वाभाविक रूपमा वृद्धि त हुने नै भयो । त्यसले त्यति ठूलो तात्विक अन्तर परेको छैन । हाम्रो नाफा गत वर्षभन्दा वृद्धि भएको छ ।

कमर्सियल बैङ्कहरूले १२ प्रतिशतसम्म व्याज बढाए तर पनि मानिसहरूले बैङ्कमा पैसा राख्न ल्याएनन्  नि ?

व्याज वृद्धि हुँदैमा डिपोजिट वृद्धि हुन्छ भन्ने होइन । केही प्रभाव पर्छ किनभने कञ्जम्सनमा जाने पैसा व्याज अथवा आम्दानीको लोभले मानिसहरूले कतिपय कञ्जम्सनलाई स्थगित गर्ने र व्याजको निमित्त बैङ्कमा पैसा ल्याउने नर्मल टे«ण्ड हुन्छ । त्यसले केही न केही फरक पार्छ । तर पैसा कहीँ न कहीँ अर्थ व्यवस्थामा हुनुपर्यो । अनि मात्र डिपोजिट बैङ्कमा आउने हो । गत वर्ष मुलुकको टोटल पैसाको जुन हिस्सा थियो, त्यो सरकारी ढुकुटीमा जम्मा भएर बस्यो र अर्थ व्यवस्थामा खेल्न पाएन । त्यसले गर्दा डिपोजिटमा कहीँ न कहीँ प्रभाव पर्यो । बैङ्कमा लागनीयोग्य रकम हुन सकेन । लगानी गर्नका लागि बैङ्कमा पैसा मात्र भएर हुँदैन, सिडी रेसियो मेन्टेन हुनुपर्छ । सिडी रेसियो मेन्टेन गर्न नसकेको कारणले लगानी हुन नसकेको हो । अहिले पनि त्यति ठूलो सहज स्थिति त होइन तर नेपाल सरकारले असार मसान्तसम्ममा केही खर्च गरेको कारणले राम्रो लिक्विडिटी छ । यति हुँदाहुँदै पनि अझै कतिपय बैङ्कहरूले सिडी रेसियो मेन्टेन गर्न कोसिस गरिरहेको अवस्था छ । व्याजदर त्यस्तो घटेको अवस्था छैन । त्यस कारण यो चालू वर्ष पनि लगानीयोग्य रकमलाई त्यति भने जस्तो सहज नहुन सक्छ । त्यै पनि सरकारले आफ्ना कार्यक्रमहरूलाई ठीक ढङ्गले अगाडि बढायो भने, समयमै खर्च गर्यो भने खास गरी विकासका प्रोजेक्टहरू राम्रोसँग सञ्चालन हुन सक्यो भने केही न केही सहज हुन्छ होला । 

l;ila 2

अब व्याजदर घट्न कति समय लाग्ला ? 

अस्तिको हिसाबमा व्याज डिपोजिटको हिसाबमा केही न केही तल आएको छ । डिपोजिटको व्याज कम हुनेबित्तिक्कै ल्यान्डिङको व्याज पनि केही न केही कम हुन्छ । हामीले हेर्ने भनेको वर्षभरि कस्तो परिस्थिति रहन्छ भन्ने नै हो । अहिले तरलता सहज भयो भन्दैमा हामीले खुरु–खुरु लगानी गर्न सक्ने अवस्था रहँदैन । त्यस कारण मुख्य समस्या भनेको लगानीयोग्य रकम बैङ्कमा हुनका निमित्त डिपोजिट आउनै पर्यो । कर्पोरेट डिपोजिटको पनि टोटल डिपोजिटमा ठूलो हिस्सा छ । त्यसको व्याजदर त्यति तल घटिरहेको अवस्था छैन । त्यस कारण जबसम्म कर्पोरेट डिपोजिटको व्याजदर तल आउँदैन, अरू सामान्य डिपोजिटको व्याजदर तल आउन सक्ने अवस्था छैन । जब फण्डको लागत उच्च हुन्छ भने स्वाभाविक रूपमा क्रेडिटको लागत पनि उच्च नै हुन्छ । यसलाई म्यानेज गर्ने भनेको व्याजदरलाई तल ल्याउन सरकारी खास गरी नेपाल राष्ट्र बैङ्कको मनिटरिङ पोलिसीले दिएका इन्ष्टुमेन्टहरू कति व्यवहारिक ढङ्गबाट कार्यान्वयनमा आउँछन् भन्नेमै निर्भर गर्दछ । 

मौद्रिक नीतिले केन्द्रीय बैङ्कले बैङ्कहरूलाई बढी माइक्रोम्यानेजमेन्ट गर्यो भन्ने सुनिन्छ, यहाँलाई के लाग्छ ?

यो कुरा कुनै–कुनै कर्नरबाट नउठेको होइन । केही अर्थविद्हरूले माइक्रो इन्र्टभेन्सन भयो, माइक्रो म्यानेजमेन्टमा गयो केन्द्रीय बैङ्क भन्ने कुराहरू आएका छन् । तर केन्द्रीय बैङ्कको उद्देश्य भनेको मुलुकमा एउटा साउण्ड फाइनान्सियल सिष्टम बनोस् भन्ने हो । त्यसको निमित्त रिसोर्सेसको यालोकेसन प्रडक्टिभ सेक्टरमा जाओस् भन्ने मनसाय हो । राज्यले प्राथमिकता कहाँ दिएको छ भन्ने कुरा पनि केन्द्रीय बैङ्कले हेर्नुपर्छ । केन्द्रीय बैङ्क भनेको सरकारको फिस्कल एडभाइजर हो । सरकारको फिस्कल पोलिसीसँग तादम्यता हुने गरी केन्द्रीय बैङ्कले मनिटरिङ पोलिसी ल्याउँछ । त्यो हुँदा सरकारको प्राथमिकता कृषि, जलविद्युत्, पर्यटन क्षेत्र भनेर राम्रोसँग आउटलाइन गरिएको छ । सरकारको फिस्कल पोलिसीलाई मद्दत गर्ने किसिमको मनिटरिङ पोलिसी ल्याउन खोज्दा अलिकति माइक्रो म्यानेजमेन्ट भयो कि भन्ने कहीँबाट उठेको हुन सक्छ । तर मेरो विचारमा यो केन्द्रीय बैङ्कले ठीक काम गरेको हो । 

 lila 3

 बैङ्कहरूले गाडी, घरको प्रपोजल जति सहज ढङ्गले स्वीकृत गरिदिन्छन्, कृषिको प्रपोजल आउँदा अनेक दु:ख दिने चलन छ, किन यसो गरेको  ?

कृषि कर्जा स्वाभाविक रूपमा अलि बढी झन्झटिलो हुन्छ । एउटा, त्यसको प्रत्याभूति ठीक ढङ्गले नहुन सक्छ । अर्को, यसको प्रक्रिया पनि लामा छन् । त्यसले गर्दा क्रेडिट ओर्दिनेस कृषिमा लाग्नेहरूको कम हुन्छ भन्ने एक किसिमको दृष्टिकोण छ । अर्को, अहिलेका निजी क्षेत्रका बैङ्कहरूलाई खास गरी कृषि क्रेडिटमा त्यति राम्रो याक्सपर्टिज पनि छैन । प्रायः लोनको साइज पनि सानो हुन्छ र झन्झटिलो हुन्छ । त्यस कारण अरू बैङ्कहरू त्यति एग्रेसिभ ढङ्गबाट कृषि क्षेत्रमा जान चाहँदैनन् । तर हाम्रो एक किसिमको एस्सपर्टिज पनि त्यसैमा भएको हुनाले सुरुदेखि नै कृषि क्षेत्रमै काम गरेका हौँ र अहिले पनि हाम्रो फोकस कृषिमै भएको हुनाले हाम्रो टोटल पोर्टफोलियोमा उल्लेखनीय र बिचारणीय पोर्टफोलियो त्यहाँ छ । अहिले पनि ३३ प्रतिशत कन्सन्टे«सन हामीले कृषिमै गरिराखेका छौँ ।

अहिले कृषि विकास बैङ्कको एभरेज लोन साइज हेर्ने हो भने पाँच लाखभन्दा बढी छैन । हाम्रा एक करोडभन्दा बढी ग्राहकहरू, डेढ लाखभन्दा बढी ग्राहक छन्, जम्मा एक–डेढ सय ग्राहकहरू मात्र छन् । त्यसो हुँदा हाम्रो लागत पनि उच्च हुन्छ । हामीले अहिले पनि कृषिलाई नै फोकस गरिरहेका छौँ । त्यसमै हाम्रो ध्यान केन्द्रित छ । हाम्रो विचारमा कृषि नेपालको सबैभन्दा प्रतिस्पर्धी क्षेत्र पनि हो । राज्यले प्रथमिकता दिएको विषय र राज्यको आवश्यकता पनि हो । अहिले पनि हामी झण्डै ३४ प्रतिशत कृषि क्षेत्रको योगदान छ भनिएको छ, हाम्रो टोटल जीडीपीमा । तर अहिले हामी बीस–बाईस अर्बको त चामल मात्र आयात गर्छौं । हामी १२ देखि १५ अर्ब रूपैयाँको तरकारी आयात गर्छौं । यो भनेको मुलुकको लागि दुःखद परिस्थिति हो । त्यस कारण कृषि विकास बैङ्कको वार्षिक योजनामा सबैभन्दा बढी कृषिमै फोकस गरेका छौँ । अरू बैङ्कहरूको पनि आफ्ना समस्याहरू छन् । त्यस कारण अरू बैङ्कहरूलाई तोकिएको कृषि क्षेत्रमा मनिटरी पोलिसीले डाइरेक्ट निर्देशित गरेको १ प्रतिशत कर्जा पु¥याउन केही न केही कठिनाइ उनीहरूले महसुस गरिरहेको बैङ्कर एसोसिएसनमा पनि त्यो फिडव्याक प्राप्त भइरहेको छ । 

lila full photo

अपुग पुँजी नाफाबाट पुग्छ, हैन ?

७ अर्ब १ करोड चानचुन पुँजी छ । यस वर्ष २० प्रतिशत बोनस दिन्छौँ । त्यसो हुँदा हाम्रो पुँजी ८ अर्ब ५ करोड हुन्छ । केन्द्रीय बैङ्कले जो पेडअप क्यापिटल भनेको छ तर हाम्रो टोटल पुँजी त्यसो गर्दा १३ अर्बभन्दा बढी हुन्छ । हाम्रो प्रिफरेन्स सेयर पनि पुँजी नै हो । त्यो दुईवटालाई जोड्ने हो भने नेपालको सबैभन्दा बढी पुँजी भएको बैङ्क हाम्रै हुन्छ । अहिले पनि साढे बाह्र अर्बको पुँजी छ । 

कृषि विकास बैङ्क निजी क्षेत्रका बैङ्कहरूसंग कम्पिटिसनमा जान नसकेको जस्तो देखिन्छ नि ?

अहिले हामीले व्यापक सुधार गरिसकेका छौँ । हिजो कृषि विकास बैङ्क सतहमा त्यति देखिएको थिएन तर गाउँ–गाउँमा थियो । अहिले हामीले प्रविधिमा व्यापक फड्को मारिसकेका छौँ । अब यो चालू वर्षभित्र हाम्रा सम्पूर्ण ब्राञ्चहरू सीबीएसमा आबद्ध हुन्छन् । त्यति भएपछि हाम्रो बैङ्कको सम्पूर्ण सिष्टम अनलाइनमा जान्छ । अहिले हाम्रा दुई सयवटा कार्यालय सीबीएसमा आबद्ध भइसके । अब बाँकी कार्यालय यो वर्ष सकिएपछि हाम्रो आईटी सिष्टम पूरै बलियो हुन्छ । 

अर्को, हिजो हामीसँग अहिलेका आधुनिक प्रडक्टहरू थिएनन् । अहिले हामीले मोबाइल बैङ्किङ ,एसएमएस बैङ्किङ, भिसा कार्ड, एटीएम यी सबै व्यापक रूपमा प्रयोग गरिरहेका छौँ । अब कृषि विकास बैङ्क कुनै बैङ्कभन्दा कमजोर छैन । प्रविधिमा, प्रडक्टहरूमा, बिजनेसमा, टोटल पेडअप क्यापिटलमा, नेटवर्कमा यी सबै कुराहरूमा कृषि विकास बैङ्क अहिले नेपालको सबैभन्दा ठूलो वाणिज्य बैङ्कको रूपमा स्थापित भइसकेको छ । हामी जोड दिएर भन्छौँ कि एउटा मान्छे स्ट्यान्डर्ड चार्टर्डमा जाओस् अनि हाम्रो बैङ्कमा आओस्, कसले छिटो सेवा दिँदो रहेछ, त्यसबाट थाहा हुन्छ । हिजो हाम्रो आस्वा छैन भनिन्थ्यो । तर सबैभन्दा बढी आस्वाको बिजनेस आज हामी गरिरहेका छौँ । हिजो आईपीएस छैन भन्थे, आज आईपीएस छ हाम्रो । सबै इलेक्ट्रोनिक क्लियरिङका व्यवस्थाहरू  हामीसँग छन् । अब कृषि विकास बैङ्कमा के छैनन् भन्ने कुरा महत्वपूर्ण हो । हामीसँग सबै छ अहिले । हामी अहिले सबैभन्दा बढी एलसी कारोबार गर्छौं । सबैभन्दा सहज ढङ्गबाट ग्यारेन्टीको बिजनेस यहीँ हुन्छ । अहिले हामी डेरेभेटिभ्स मार्केटमा लागिरहेका छौँ । हामीले फरेन एक्सचेञ्जको डेरेभेटिभ गरिरहेका छौँ । 

नेपाली जनताले हिजोदेखि विश्वास गरेको बैङ्कलाई थप विश्वास आर्जन गर्ने र प्रत्येक नेपाली जनताको घरदैलोमा सघनरूपमा विस्तृतरूपमा आफ्नो सर्भिस डेलिभरी दिँदै एउटा सस्टेनेबल, धान्न सकिने र सबै सामाजिक उत्तरदायित्व निर्वाह गर्न सक्ने बैङ्कको रूपमा हामी अगाडि बढ्न खोजिरहेका छौँ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री