शनिबार, १५ वैशाख २०८१

पुँजी वृद्धिले बीमा व्यवसायको दायरा फराकिलो पार्न मद्दत गर्छ: विजयबहादुर शाह 

समयपोष्ट २०७४ भदौ २७ गते ३:५३

नेपालको पुरानो इन्स्योरेन्स, नेपाल इन्स्योरेन्समा भर्खरै आउनुभएको छ, यहाँले अब यो इन्स्योरेन्सलाई कसरी अगाडी बढाउँदै हुनुहुन्छ ?

Advertisement

नेपाल इन्स्योरेन्स, नेपालको पहिलो जीवन बीमा कम्पनी हो । यसको स्थापना वि.सं. २००४ सालमा भयो । यसले आफ्नो ७० औँ वार्षिकोत्सव मनाउँदै छ । हामीहरूको आगामी कार्यक्रम पनि असाध्यै सिम्पल, साधारण, सबैले बुझ्न सक्ने खालको छ । त्यो के भने हामी नेपालको पहिलो कम्पनी हो र हामी नेपालको पहिल्यै कम्पनी हुने हो । हामी पहिलो भयौँ, स्थापनाको हिसाबले त्यो तथ्य छ । त्यो मेटाएर मेटिँदैन तर हामी पहिलो हुनुपर्ने धेरै एरियाहरू छन् । ती प्रत्येक एरियाहरू जहाँँ हामी पहिलो हुनुपर्छ भन्ने हामी मान्यता राख्छौँ । त्यसलाई नै क्रमशः सुदृढ गर्दै लैजाने र पहिलो स्थान हासिल गर्नका लागि अग्रसर हुने हाम्रो भावी योजना छ ।  हाम्रा जे–जति कार्यक्रमहरू बनिरहेका छन् र भविष्यमा बन्छन्, त्यो तेतैपट्टि नै केन्द्रित रहन्छन् ।

बीमा कम्पनीहरूको पुँजी वृद्धिलाई कसरी हेर्नुभएको छ ?

vijay bahadur 2

नियामक निकायले बीमा कम्पनीहरूले आफ्नो क्षमताको अभिवृद्धि गर्नुपर्छ भनेर जुन पुँजी वृद्धिको कार्यक्रम ल्याएको छ, त्यो समसामयिक छ । किनभने, हामीले अर्काको जोखिम वहन गर्छौं, हाम्रोचाहिँ क्षमता भएन भने हाम्रा कष्टोमरहरूले पनि त्यसलाई अपेक्षितरूपमा विश्वास नगर्न सक्छन् । त्यसैले पुँजी वृद्धिको योजना आएको छ, त्यसलाई मैले सकारात्मक रूपमै लिएको छु । पुँजी वृद्धि भइसकेपछि कम्पनीहरूमा व्यवसाय वृद्धि गर्ने दबाब सिर्जना हुन्छ । त्यो  हुँदा बीमा कम्पनी एउटै पोर्टफोलियोमा अथवा एकै ठाउँमा मात्र केन्द्रित रहँदैन र आफ्नो vijay fullदायरा फराकिलो पार्नका लागि क्रमशः हिजोका दिनमा बीमाको पहुँच नपुगेका ठाउँहरूमा पनि जान सक्ने हुन्छन् । त्यसैले यस्तो अवसर जसले बीमा उद्योगलाई विशेष गरी निर्जीवन बीमा उद्योगलाई एक्कासि आफ्नो दायरा ठूलो रूपमा फराकिलो पार्नका लागि मद्दत गर्छ ।

नयाँ बीमा कम्पनीलाई पनि सरकारले स्वीकृति दिएको छ, यति धेरै बीमा कम्पनी नेपालमा आवश्यक छ ?

सङ्ख्या आवश्यक हो कि होइन भन्ने कुरा व्यवसायिक व्यवस्थापक भन्दा पनि लगानीकर्ताको सरोकारको विषय हो । कुनै लगानीकर्तालाई सयकडा २ प्रतिशत प्रतिफल दिए पनि नपुग्न सक्छ, कोही सयकडा ५ प्रतिशतमै पनि प्रसन्न हुन सक्छ । त्यसैले यस विषयमा मेरो भन्नु केही छैन । तर नयाँ बीमा कम्पनीहरू अथवा नयाँ उद्यमीहरू, व्यवसायीहरू जो यस क्षेत्रमा लगानी गर्न खोज्नुभएको छ, उहाँहरूले बीमाको सम्भाव्यता देखेर नै आकर्षित भएको हुनुपर्छ । त्यो सम्भाव्यता आजको दिनमा हामीले नदेखेका हुन सक्छौँ अथवा हामीले जुन धमिलो देखिरहेका छौँ, त्यसलाई उहाँले प्रष्टरूपमा देख्नुभएको हुनुपर्छ । मलाई कुन कुराले आशा जगाउँछ भने आजका दिनमा केही बीमा कम्पनीहरू बजारमा छन् तर त्यत्तिकै सङ्ख्यामा अरू थप बीमा कम्पनीहरूले पनि यो बजारमा प्रवेश गर्न खोजिरहेका छन् । यसका दुईवटा पाटाहरू छन् । एउटा, ठूला लगानीकर्तालाई बीमाको पहुँच अझै अभिवृद्धि गर्नुपर्छ भन्ने लागेको छ र दोस्रो, यदि बीमाको पहुँच अभिवृद्धि भयो भने त्यसले समस्त उद्योगकै छविलाई माथि ल्याउँछ । त्यसैले म यस पक्षमा सकारात्मक छु तर यहीँनिर चनाखो हुनुपर्ने के छ भने भोलिका दिनमा आफ्नो लगानीको प्रतिफल खोज्ने क्रममा बीमा उद्योगमा विकृति छिर्नुहुँदैन । यदि विकृति छिर्यो भने त्यो वास्तवमै एउटा ठूलो दुर्भाग्य हुन्छ । त्यसैले विकृति छिर्न नदिनका लागि उद्यमी, व्यवसायी, बीमा कम्पनीहरू र बीमालाई नियमन गर्ने निकाय पनि चनाखो हुने बेला आएको छ ।

नेपाल इन्स्योरेन्सको कसरी पुँजी  वृद्धि  हुँदैछ ?

हामीहरूले भर्खरै मात्र हाम्रो पुँजी वृद्धि योजना सार्वजनिक गरेका छौँ । अरू सबै बीमा कम्पनीहरू जस्तै आफूले आर्जन गरेको नाफालाई पुँजीकृत गरेर बोनस सेयर जारी गर्ने र नपुग रकमलाई हकप्रद सेयरको माध्यमबाट आह्वान गर्ने निर्णय गरिसकेका छौँ ।

 यो कम्पनीलाई अहिलेका आधुनिक बीमा कम्पनीहरूसँग प्रतिस्पर्धी बनाएर लैजाने तपाईंका योजना के छन् ?

बीमा क्षेत्र अब हिजोको जस्तो रहेन । त्यसैले हामीले हिजोकै मूल्य–मान्यता राखेर हिजोकै तौरतरिकाले काम गर्न थाल्यौँ भने यो प्रतिस्पर्धी दौडमा हामी पछाडि परिन्छ । त्यसैले हामीले काम गर्ने तरिका बदल्नुपर्छ । हाम्रो सोच्ने तरिका बदल्नुपर्छ । हामी प्रविधिमैत्री हुनुपर्छ । हामीले प्रविधिलाई ग्रहण गर्न हिचकिचाउनुहुँदैन । सूचना प्रविधिको भरपूर मद्दत लिनुपर्छ । त्यसैले यिनै क्षेत्रहरूमा रहेर मैले आवश्यकता अनुसार योजना पेस गरेको छु । त्यही व्यवसायिक योजनाअनुसार नै नेपाल इन्स्योरेन्स कम्पनीलाई यो सबभन्दा पहिलो कम्पनी हो र यसलाई पहिलो स्थानमा नै पु¥याउने दौडमा हामी लागिपरेका छौँ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री