बिहीबार, १५ चैत २०८०

नेपालमा मन्त्रीको भाउ आलुको भाउ जति पनि छैन : एमाले अध्यक्ष ओली

समयपोष्ट २०७४ भदौ २६ गते ११:४०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  नेपालमा आलुको भाउ भएको तर मन्त्रीको कुनै भाउ नरहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल विस्तार गरेर ५४ सदस्यीय बनाएपछि  ओलीले कोहि मन्त्री बन्यो भन्दा गर्व गर्ने ठाउँ नै नभएको टिप्पणी गरे । 
 नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीसँगको एकता कार्यक्रमलाई सोमबार पार्टी कार्यालय धुम्बाराहीमा सम्बोधन गर्दै ओलीले भने, ‘ अहिले नेपालमा बरु आलु, गाँजर, मुला ,प्याज टमाटरजस्ता तरकारीको भाउ बढेको छ तर मन्त्रीको भाउ सबैभन्दा घटेको छ ।’
उनले थपे, ‘मन्त्री हुँदा  भन्दा गर्वको विषय हुनुपर्नुे तर त्यो छँदैछैन ।’  
ओलीले भारततर्फ संकेत गर्दै छिमेकीको थोत्रो मानसिकता बदलिनु पर्ने बताउँदै भने, ‘ हेपाहा प्रवित्ति फेरिनुपर्छ । रातारात सीमा स्तम्भ फेनै बानी बदलिनु पर्छ ।  नेपालकोे जमिन  डुबाउनु भएन । हामी समदूरीको सम्बन्ध चाहन्छौं ।’
एमालेले लोकतन्त्र र राष्ट्रियताप्रति बेइमानी नगर्ने भन्दै  सुशासनप्रति वफादार छ रहेको  समेत ओलीले बताए  । 
उनले देशको माया गर्न कुनै पार्टीमा हुनैपर्छ भन्ने नरहेपनि राष्ट्रियताप्रति प्रतिबद्ध पार्टीमा रहनु चाहिँ  राम्रो  भएको बताए । 
सो अवसरमा ओलीले चूडादेव सिंह नेतृत्वको नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी नामको सिंगै दललाई पार्टीमा विजय गराएका थिए । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री