बिहीबार, १५ चैत २०८०

प्रदेशभित्र न्यायपूर्ण समाज निर्माण आवश्यक

rss २०७६ भदौ २५ गते १८:३८

Advertisement

प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले ‘समृद्ध प्रदेश सुखी जनता भन्ने’ प्रदेशको मूल नारालाई सफल पार्न न्यायपूर्ण समाज निर्माण गर्नु आवश्यक रहेको बताउनुभएको छ ।

प्रमुख झाले प्रदेश सरकारका तर्फबाट पूरा गर्नुपर्ने न्यायिक, कानूनी र संवैधानिक दायित्व बहन गर्ने कार्यमा मुख्य न्यायाधिवक्ता कार्यालयको अहम भूमिका रहने स्पष्ट पार्नुभयो । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा वार्षिक प्रतिवेदन प्रेश गर्ने कार्यक्रममा झाले प्रदेशभित्र शान्ति, सुरक्षा र कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा मुख्य न्यायाधिवक्ताको विशेष भूमिका रहनेमा जोड दिनुभयो ।

“प्रदेशसभामार्फत जनतासमक्ष जाने यस प्रतिवेदनबाट प्रदेश सरकारले गरेका काम कारवाहीबारे जनतालाई सुसूचित हुने अवसर प्राप्त हुने र त्यसबाट शासन व्यवस्थामा जनताको सहभागितामा अभिवृद्धि हुन गई जनताप्रतिको जवाफदेहीता पूरा गर्न सहयोग पुग्ने विश्वास लिएको छु”,उहाँले भन्नुभयो ।

मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै मुख्य न्यायाधिवक्ता ठाकुरप्रसाद डिसीले ९० प्रतिशत मुद्दामा सफलता मिलेको बताउनुभयो । उहाँले प्रदेश सरकारलाई विपक्षी बनाइ सर्वोच्च अदालत, उच्च अदालत तुल्सीपुर, अस्थायी इजलास बुटवल र नेपालगञ्जमा दायर भएका रिट निवेदनमा सफलता मिलेको उल्लेख गर्नुभयो ।

मुख्य न्यायाधिवक्ता डिसीले आगामी आर्थिक वर्षदेखि दिगो विकासका लागि प्रथम पञ्चवर्षीय रणनीतिक योजनाको शुरुआत र अपराध न्यूनीकरणमा सहयोग पु¥याउने उद्देश्यले अपराध प्रवृत्तिको विश्लेषण कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । कर्मचारी व्यवस्थापन र भौतिक संरचनाको अभावले ०७४ चैतदेखि ०७५ असारसम्म कुनै गतिविधि सञ्चालन गर्न नसकिएको जानकारी गराउँदै उहाँले मानवअधिकार, स्वतन्त्र न्यायपालिका, कानून र न्यायका सिद्धान्तप्रति दृढ रही सरकारले सम्पादन गर्ने कार्यको कानूनी प्रतिरक्षको लागि क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री