बिहीबार, १३ वैशाख २०८१

स्वीच थिचेर ओली र मोदीले गरे मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको उद्घाटन

समयपोष्ट २०७६ भदौ २४ गते १२:४५

Advertisement

बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियप पाइप लाइन परियोजनाको मंगलबार औपचारिक उद्घाटन भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले विद्युतीय माध्यम रिमोटद्वारा पाइपलाइनको औपचारिक उद्घाटन गरेका हुन् । ओलीले सिंहदरबार र मोदीले दिल्लीबाट रिमोर्टमार्फत पाइपलाइनको उद्घाटन गरे ।

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन नेपालतर्फ ३६ किमी र बाँकी २७.२ किमी भारततर्फ गरी कुल ६९.२ किलोमिटर पाइपलाइन बिछ्याइएको हो ।

पेट्रोलियम पाइपलाइनको सुरुवात भएसँगै अब नेपालमा तेल ढुवानी सहज हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री