शुक्रबार, १४ वैशाख २०८१

हकप्रद नभएर बोनस सेयर र मर्जरबाट मात्र पुँजी पुर्याउन भनेको भए अझै प्रभावकारी हुन्थ्यो  : परशुराम कुँवर क्षेत्री

समयपोष्ट २०७४ भदौ २६ गते ४:३६

जनता बैङ्कको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?

Advertisement

जनता बैङ्कले हालै मात्र सिद्धार्थ विकास बैङ्कलाई अक्वाएर गरेको छ । त्यसअघि त्रिवेणी विकास बैङ्कलाई मर्ज गरेको हो । चैत्रमा त्रिवेणी विकास बैङ्कलाई मर्ज गर्दा त्रिवेणी विकास बैङ्कले त्यसअघि तीनवटा वित्तीय संस्थालाई मर्ज गरेको थियो । सिद्धार्थ विकास बैङ्कलाई हामीले अक्वायर गर्दा सिद्धार्थ विकास बैङ्कले अर्का दुईवटा संस्थालाई अक्वाएर गरिसकेको थियो । त्यस हिसाबले हेर्दा जनता बैङ्क सातवटा बैङ्क तथा वित्तीय संस्थाहरूको संयोजन हो । मर्जर एक्विजिसन पूरा भइसकेपछि पूर्वको पहाडमा ताप्लेजुङबाट सुरु भएर पश्चिममा दार्चुलासम्म र तराईमा पूर्वमा झापादेखि पश्चिममा कञ्जनपुरसम्म १ सय १३ वटा शाखाहरू छन् । त्यसैगरी गाउँ–गाउँमा हाम्रा १३ वटा शाखाहरू छन् । स्थापनाकालदेखिकै हाम्रो स्लोगन भनेको जनता बैङ्क भनेको नेपाली जनताको बैङ्क हो । हामी स्थापनाकालदेखि नै त्यो स्लोगनलाई वास्तविकतामा परिणत गर्ने र जनता बैङ्कलाई नेपाली जनताको बैङ्क बनाउनतिर लागिरहेका छौँ । अहिले सात सय ४४ वटा निकायमा जहाँ वाणिज्य बैङ्कहरू छैनन्, त्यहाँ वाणिज्य बैङ्क जानुपर्छ भन्ने कुराहरू आएको छ । त्यसमध्ये हामी १५औँ मा जादै छौँ । यो नेपाली जनताको बैङ्क बनाउनका लागि हामीसँग फायरपावर छ । हामीसँग हजार जना कर्मचारी छन्, १ सय १३ वटा शाखाहरू छन् । सेयरधनीहरूले हामीलाई पुँजी पनि पु¥याइदिएका छन् । सात अर्ब हाम्रो पुँजी भइसकेको छ । यो वर्षको नाफा र पुँजीगत जगेडा यसबाट १ अर्बको बोनस सेयर दिएर हामी आठ अर्ब पुर्याउँदै छौँ । हामीसँग जे–जति साधनहरू चाहिने हो, त्यो भइसकेको छ । यसलाई व्यवस्थापन गर्दै हामी हाम्रो नाराअनुसार जनताको बैङ्क बनाउँछौँ । 

तर राष्ट्र बैङ्कले तोकेको पुँजी असार मसान्तसम्म पुर्याउन सक्नुभएन ?

राष्ट्र बैङ्कको नियमअनुसार ७३–७४ को नाफालाई बोनसमा कन्भर्ट गर्न पाउने भनेर पहिले नै घोषणा भइसकेको छ । ७३–७४ को नाफाबाट बोनस सेयर इस्यु गरेर कसैले ८ अर्ब पुर्याउँछ भने त्यो ७३–७४ मै पुँजी पुर्याएको मानिने छ भनेर उहाँहरूले भनिसक्नुभएको छ । मनिटरी पोलिसीमा अलिकति रिल्याक्सेसन नै दिनुभएको छ । त्यो के भने काम गर्दागर्दै राइट सेयर अनाउन्स भइसकेको तर नआइसकेको । व्यालेन्ससिट साइन गर्ने बेलामा ल आयो भन्यो भने केही पनि कारबाही नगर्ने भनिसकिएको छ । तर हामीलाई त त्यो रिल्याक्ससेसन पनि चाहिँदैन । सुरुमै गरेको पोलिसीअन्तर्गत नै हामी ८ अर्ब पुर्याउँदै छौं ।  

parshuram kunwar chetri

अर्ब   पुर्याउन धेरै बैङ्कहरूलाई निकै प्रेसर भयो प्रेसरमा पुँजी बढाउनु ठीक थियो कि थिएन ?

तपाईं–हामीलाई दुई–चारवटा संस्थाको बारेमा थाहा हुन्छ । राष्ट्र बैङ्कलाई झण्डै–झण्डै भएका दुई सयवटा संस्थाहरूको बारेमा थाहा हुन्छ । सरकारी संस्थाहरूमा राष्ट्र बैङ्क भनेको सबैभन्दा दक्ष संस्था हो । ठीक छ, हामीले अझै इम्प्रुभ गर्नुपर्छ । राष्ट्र बैङ्क आफैँले भनेको छ– मेरो सुपरभाइजर क्यापाबिलिटी बढाउनुपर्छ । अझै इम्प्रुभ गर्नुपर्छ भनिराखेको छ र इम्प्रुभ भई पनि राखेको छ । त्यस्तो ६२ वर्ष पुरानो संस्था र नेपाली सरकारी संस्थाहरूमा सबैभन्दा दक्ष संस्था र नेपालको बैङ्क तथा वित्तीय संस्थाहरूको बारेमा सबैभन्दा बढी कसैलाई थाहा छ भने त्यसलाई मात्र थाहा छ । यसले बैङ्कहरूले यसो गर्नुपर्छ भन्ने हिसाबले जुन नीति ल्याएको छ, त्यो नीतिलाई हामीले सोलोडोलोमा आलोचना गर्नु उपयुक्त हुँदैन । उहाँहरू नै यसको विज्ञ हो । सानातिना एक–दुईवटा प्वाइन्ट खोजेर आलोचना जसको गरिदिए पनि भयो तर समष्टिगत रूपमा हेर्दा म त्यसलाई नकारात्मक रूपमा लिन्नँ । राइट सयेर नभएर खालि बोनस सेयर र मर्जर मात्रै भनेकोे भए यो अझै प्रभावकारी हुन्थ्यो होला । दुई वर्षमै मर्जर र याक्विजिसनबाट यति धेरै बैङ्क तथा वित्तीय संस्थाहरू घट्छन् भनेर कम मान्छेले सोचेका थिए ।  दुई वर्षमा यो हुनै सक्दैन भनेका थिए मानिसहरूले । तर जे–जति अचिभ भयो, मलाई लाग्छ– यो राम्रो अचिभमेन्ट भएको हो । 

 मर्जपछि ह्युमन रिसोर्सलाई म्यानेज गर्ने काम चुनौतीपूर्ण हुन्छ भनिन्छ, कस्तो रह्यो तपाईंको अनुभव ?

बैङ्क सर्भिस इण्डष्ट्री हो । सर्भिस इण्डष्ट्रीमा रअ म्याटेरियल भने पनि, मेसिनरी भने पनि म्यानपावर नै हो । रिसोर्ससेस भनेको पिपुल नै हो, यसलाई म्यानेजमेन्ट गर्ने चुनौती नेपालमा मात्र होइन, संसारभरि नै हो । म्यानुफ्याक्चरी इण्डष्ट्रीमा मान्छे राख्दिनँ, मेसिन राख्छु भन्न पनि पाइन्छ । तर सर्भिस इण्डष्ट्रीमा मान्छेमा डिपेन्ड हुनै पर्छ । हाम्रो केसमा के भयो भने म जनता बैङ्कसँग ६ महिनादेखि साविकको त्रिवेणी विकास बैङ्क र सिद्धार्थ विकास बैङ्कसँग कर्मचारीहरू समायोज गर्ने हिसाबले सम्बद्ध छु । त्यस कारण यी सबै कर्मचारीहरूलाई मैले राम्रैसँग बुझ्ने मौका पाएको छु । त्यसले गर्दा हामीलाई म्यानेज गर्न सजिलो भएको छ । सबैसँग राम्रो को–अपरेसन पनि पाएको छु । सबै कर्मचारीहरूलाई मैले चिनेको छु । त्यसले गर्दा मैले काम गर्न सहज महसुस गरेको छु । 

दोस्रो कुरा, काकताली भन्छु म । काकताली के भयो भने मर्जर याक्विजिसन भयो, टोटल्ली नयाँ मानिसहरू आए । मेरो लागि जनताका कर्मचारी अथवा त्रिवेणीका कर्मचारी अथवा सिद्धार्थका कर्मचारी भनेर कसैलाई च्याप्नुपर्ने, पूर्वाग्रह देखाउनुपर्ने कुनै कारण छैन । मेरा लागि सबै कर्मचारी बराबर हुन् । जसले राम्रो काम गर्छ, राम्रो काम गर्नेलाई गर्यो भन्ने हो, नगरेकोलाई गरेन भन्ने हो । गुण र दोषको आधारमा मैले अगाडि बढ्ने हो । त्यस कारणले यो बैङ्कका लागि यदि म पुरानो सीईओ भइदिएको भए, सात–आठ वर्षदेखि काम गरिराखेको भए साविकको त्रिवेणीबाट र साविकको सिद्धार्थबाट आएका कर्मचारीहरूप्रति अलिकति पूर्वाग्रही पो भइदिन्छु कि भन्ने जोखिम थियो । त्यो जोखिम त रहेन नि ! त्यसले गर्दा ह्युमन रिसोर्ससेस म्यानेजमेन्ट गर्न अझ सजिलो हुन्छ जस्तो मलाई लाग्छ । 

parshuram 2

अहिले निक्षेप बढ्न थालेको अब व्याजदर घट्छ ?

व्याजदर विस्तारै–विस्तारै नयाँ डिपोजिटरहरूको लागि घट्न थालेको छ । फिक्स्ड डिपोजिटरको लागि १२ प्रतिशत थियो, ११ प्रतिशत भइरहेको छ । अब हामी १ प्रतिशतमा झार्दै छौँ । व्याजदर घट्ने भयो भने र सरकारको खर्च पनि बढ्दै गयो भने सरकारको ढुकुटीको पैसा त खर्च हुन्छ नै साथै विदेशी अनुदान पनि प्राप्त हुँदा तरलता इम्प्रुभ हुँदै जान्छ । ढुकुटीको पैसा खर्च भयो भने त्यो लिक्विडिटीमा आउँछ नै साथै वैदेशिक ऋण र वैदेशिक सहायता पनि आउँछ अर्थतन्त्रमा । अनि खर्च हुन्छ त्यहाँ । त्यसले गर्दा इकोनोमीमा तरलता आउँछ । त्यो यसअघिका वर्षभन्दा आशा गरौँ समयमै खर्च हुन्छ । त्यसो हुँदा तरलता इम्भप्रुभ हुन्छ । तरलता इम्पु्रभ भएपछि स्वतः व्याजदर घट्छ । डिपोजिट व्याजदर घट्यो भने ल्यान्डिङ रेट पनि घट्छ ।  

विगतमा लगानीयोग्य रकम कमी हुनुको कारण बैङ्कहरूको पुँजी  वृद्धिको नाममा अत्यधिक रूपमा राइट सेयरमा पैसा गएकाले पनि हो भनिन्छ, तपाईं कत्तिको सहमत हुनुहन्छ ?

त्यसको नम्बर हेर्ने हो भने त्यसको इम्प्याक्ट एकदम कम छ । त्यो भयो पनि होला । राइट सेयरमा लगानी गर्ने मानिसले घरमा पैसा राखेका छैनन् । उसले आफ्नो सम्पत्ति कुनै बैङ्क अथवा वित्तीय संस्थामा धितो राखेर लोन लिएर अरू बैङ्कमा हाल्यो होला । त्यो कति प्रतिशत होला त ? त्यसको हिसाब अहिले मसँग छैन । यो दुई वर्षमा बोनस सेयरको हिसाब नगरी मात्र राइट सेयरको हिसाब गर्ने हो भने त्यो राइट सेयरको अमाउन्ट कति हो । हाम्रो टोटल लोनमा त्यसको प्रतिशत कति हो । मलाई लाग्दैन, त्यो सिग्निफिकेन्ट हो । भन्न त भन्छौँ हामी, यही भएर बिग्रिएको हो । त्यसको इम्प्याक्ट कति हो त ? हामीले त्यसरी हेर्नुपर्छ जस्तो लाग्छ । 

parshuram 1

जनता बैङ्कको नयाँ योजना के छ ?

हामीले भइरहेका प्रडक्टहरू र अरू बैङ्कले गरेका हाम्रो बैङ्कले नगरेको जस्तो बैङ्क इन्स्योरेन्सको कुराहरू यस्ता केही प्रडक्टहरू गर्दै छौँ । भइरहेकै प्रडक्टहरूलाई सेल गर्ने । जस्तो सुनको काम पहिले थोरै लेबलले गरेको थियो । अब हामी सुन इम्पोर्ट गर्ने र बेच्ने गर्दै छौँ । टोटल्ली फरक प्रडक्ट हामीले सोचिरहेका छैनौँ । हामी एक हजार कर्मचारी र सञ्चालक समिति एक ढिक्का भएर जनता बैङ्कलाई वास्तवमा नेपाली जनताको बैङ्क बनाउनमा लागिरहेका छौँ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री