मंगलबार, ५ कार्तिक २०७६

सुुुुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिकामा प्रभु बैंकको शाखा सञ्चालन

समयपोष्ट २०७६ भदौ २३ गते १६:३७

प्रभु बैंक लिमिटेडले सुुुुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. ०५ स्थित कालाबञ्जरमा आफ्नो १९५ औं शाखा कार्यालयको रुपमा कालाबञ्जर शाखा कार्यालय आजदेखि सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले एक समारोहका बिच समुद्घाटन गरे ।

शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी तथा नगरप्रमुख निलम खनालले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।

उनले प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताए ।

बैंकको कालाबञ्जर शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको कालाबञ्जर शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकास भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा कालाबञ्जर शाखा कार्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले गत आ. ब. मा रु. २,८६७,६९३,००० सञ्चालन मुनाफा गरेको थियो । बैंकले हाल १९५ शाखा, २९ एक्टेन्सन काउण्टर, १९ शाखा रहित बैंकिङ्ग तथा १५२ एटिएम मार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया