मंगलबार, १७ असार २०८२

अब २ लाख माथिको कारोबारमा चेक नचाहिने

समयपोष्ट २०७६ भदौ २३ गते १३:३७

Advertisement

नेपाल राष्ट्र बैङ्कले रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) लागु गरेको छ । यससंगै २ लाख बढीको कारोबारमा चेक नचाहिने भएको छ ।

दुई लाख रुपैयाँसम्मको कारोबारलाई स्वेच्छिक बनाइएको छ भने २० लाखभन्दा बढीको कारोबार गर्दा आरटिजिएस सिस्टम मार्फत् भुक्तानी गर्नुपर्ने हुन्छ ।

राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागले ‘क’ वर्गका बैङ्कहरुका लागि मङ्गलबारबाट लागु हुने गरी प्रणालीको शुरुवात गरेको हो ।

यसका लागि भदौ १९ मा केन्द्रिय बैङ्कले आरटीजीएस नियम लागु गरेको थियो । विकास बैङ्क र फाइनान्स कम्पनीका लागि भने यसमा सहभागि हुनका लागि पुस मसान्तभित्र आवेदन दिनुपर्ने व्यवस्थ गरिएको छ ।

Advertisement

अहिलेको प्रकृयामा एकाउन्ट पेयी चेकको रकम भुक्तानी भई बाहकको खातामा जम्मा हुन एक दिन लाग्ने गरेको छ भने छिटो चाहिनेले शुल्क तिरेर द्रुत सेवा मार्फत सुविधा लिँदै आएका छन्। आरटिजिएस प्रणाली कार्यान्वयनसँगै २ लाखभन्दा सानो रकमका लागि चेक काट्नुपर्ने भएपनि २ लाखभन्दा बढीको भुक्तानीका लागि एकाउन्ट पेयी चेकको जरुरी नपर्ने भएको छ ।

आरटिजिएस प्रणाली सहभागी भएका बैंक तथा वित्तीय संस्थाहरुले स्ट्रेट थट प्रोसेसिङ (एसटीपी) मार्फत कारोबार गर्नुपर्ने हुन्छ। जसमा राष्ट्र बैंकको निर्देशनअनुसार फाराम भरेर बैंकका प्रस्तुत गरेपछि भुक्तानीकर्ताले आफ्नो खातामा तत्कालै रकम प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री