शनिबार, १५ वैशाख २०८१

हिसिला दुर्घटनामा परेपछि यस्तो तस्विर राखेर बाबुरामले हेर्नुहोस् के लेखे ?

समयपोष्ट २०७६ भदौ २३ गते १२:२५

Advertisement

समाजवादी पार्टीकी नेतृ हिसिला यमी सवारी दुर्घटनामा  घाइते भएकी छन् । उनलाई उपचारका लागि ग्वार्कोस्थित बि एण्ड बि अस्पतालमा भर्ना गरिएको छ । यमीको दुर्घटना भएलगत्तै समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पत्नी हिसिलासहितको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेर स्वास्थ्यलाभको कामना गरेका छन् ।

 

हामी बुढाबुढी संगै नाच्दै !Wish you speedy recovery, buddy !

Posted by Dr. Baburam Bhattarai on Sunday, September 8, 2019

 

 

आइतबार दिउँसो पार्टी कार्यालय जाने क्रममा ललितपुरको ग्वार्कोमा यमी सवार स्कुटरलाई मोटरसाइकलले ठक्कर दिए हो ।

हिसिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बाहिरी चोट देखिएको छैन । हिसिला सवार स्कुटर उनकै सहयोगी एक युवतीले चलाएकी थिइन् । प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री