बिहीबार, १३ वैशाख २०८१

बाढी पीडित टाटा गुरुलाई सिप्रदियन सहायता संस्थाद्वारा राहत वितरण

समयपोष्ट २०७६ भदौ १९ गते २०:१०

Advertisement

सिप्रदी कम्पनीको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्थाद्वारा हाल मात्र भैरहवाका बाढी पीडित स्थानिय मेकानिक्स टाटा गुरु दिपक दुधराजलाई राहत वितरण गरिएको छ ।

उनले गत महिना आएको बाढीका कारण आफ्नो घर र सम्पूर्ण सम्पत्ती गुमाएका थिए । दिपक दुधराज जस्तै मनसुनका कारणले धेरै जना घरबार बिहिन हुन पुगेका थिए ।

सिप्रदीयन सहायता संस्थाका प्रतिनिधिहरु, सिप्रदी कम्पनीजका प्रतिनिधिहरु र टाटा मोटर्सका प्रतिनिधिहरुको उपस्थितिमा ५० किलो चामल, ५ किलो दाल, ५ लिटर खाना पकाउने तेल अन्य खाद्य सामाग्री तथा लत्ताकपडाहरु राहत स्वरुप वितरण गरिएको थियो ।

उक्त राहत वितरण कार्यक्रममा टाटा मोटर्सका जनरल म्यानेजर विशाल पटेल र सिप्रदी अटोपाटर्स प्रा. लि. का जनरल म्यानेजर युवराज बुढाथोकीको उपस्थिति थियो ।

यसैगरी मनसुनी वर्षाका कारण आएको बाढीले नेपालका विभिन्न भू–भागमा बसोबास गरिरहेका व्यक्तिहरुको जनजीवन प्रभावित भएको छ भने कैयौँ घरबार बिहिन भएका छन् ।

सिप्रदियन सहायता संस्थाले त्यस्ता प्रभावित क्षेत्रहरुमा विभिन्न किसिमका अत्यावश्यक वस्तुुहरु राहत स्वरुप वितरण गर्दैै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री