शनिबार, ८ वैशाख २०८१

मोदीको चाहनामा देउवाले राखेको यस्तो कुरामा प्रचण्डले जनाए असहमति

समयपोष्ट २०७४ भदौ २४ गते ८:५०

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेशमा मत माँग्ने नैतिक धरातल गुमाईसकेको आरोप लगाएका छन् । 
शनिबार रिपोर्टर्स क्लब नेपाल कलैया शाखाले क्लबका सभापति ऋषि धमलाको उपस्थितिमा आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् । 
उनले अघि भने,‘एमालेको मत माँग्ने नैतिक धरातल कमजोर छ, जनताहरु एमालेसँग रुष्ट छन् । वास्तवमा भन्ने हो भने एमालेले धरातलीय यर्थाथ गुमाईसकेको छ । यो पटकको निर्वाचनमा जनताले एमालेलाई मतदान गर्दैनन् ।’ पहिलेदेखि नै मधेशविरोधी अभिव्यक्ति दिँदै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण मधेशका जनता एमालेप्रति रुष्ट भएको प्रचण्डकोे भनाई छ । दाहालले भने,‘‘एमाले मधेश विरोधी दलको रुपमा स्थापित भइसक्यो । मधेशका जनताले एमालेलाई मन पराएनन् ।’’
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले निर्वाचनअघि सरकार परिवर्तन असभंव रहेको समेत बताए । दाहालले नेपाली कांग्रेससँगको अहिलेको गठबन्धन दीकर्घकालिन बनाउने बताएका छन् । प्रदेश नम्बर २ को स्थानीय तहको चुनावको प्रचार–प्रसारका लागि प्रदेश नम्बर २ मा रहेका अध्यक्ष दाहालले दुई पार्टी्बिचको सम्बन्ध मजबुत बन्दै गएको बताए ।
अध्यक्ष दाहालले भनेका छन्,‘‘यसपटक सोचे अनुसार चुनावी तालमेल हुन सकेन, तर राष्ट्रको आवश्यकता अनुसार कांग्रेससँगको गठबन्धन अझै लम्ब्याउनु जरुरी छ ।’’ प्रदेश नम्बर २ को चुनावमा कांग्रेसभित्रको आन्तरिक द्धन्द्धले दुई दलबिचको तालमेल प्रभावित भएको उनको स्विकारोक्ति रहेको छ । यद्धपी उनले स्थानी तहको तेस्रो चरणको निर्वाचनमा कांग्रेससँग तालमेल नभएपनि अब आउने प्रदेश र प्रतिनिधि सभको निर्वाचनमा भने तालमेल हुने विश्वास दिलाए । 
संविधान संशोधनमा सहयोग नगर्नु एमालेको गल्ती भएको दाहालले टिप्पणी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा संविधान संशोधनका विषयमा बोलेको कुराको बचाउ गर्दै दाहालले संविधान संशोधनको विरुद्धमा कोही पनि जान नहुने बताएका छन् ।
भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान संशोधनका विषयमा चासो राखेकाले प्रधानमन्त्री देउवाले संविधान संशोधनको मुद्दा निरन्तर अगाडि बढ्ने बताएको समेत दाहालले खुलासा गरे । 
तर प्रधानमन्त्री देउवाको भारत भ्रमणको बारेमा बोलेको कुरामा तपाईले विरोध गर्नुभयो नि त भनेर सोधिएको एक प्रश्नमा उनले भने,‘हो, सुरुमा मैले उहाँले बोलेको विषयलाई लिएर टिप्प्णी गरेकै हो, तर देउवाजीसँग यसविषयमा कुराकानी भएपछि थाहा भयो कि, उहाँले मसँग भन्नुभएको छ कि धेरै पटक भारतले चासो राखेपछि मैले बोलेको हुँ भन्नुभयो, फेरि पनि दुई तिहाईले प्रस्ताव पारित गर्नुपर्छ, अहिले मेरो असहमति पनि छैन, चुनावपछि दुई तिहाई पुर्याएर हामी संविधान संशोधन गर्छौं।’ 
प्रधानमन्त्रीको रुपमा मधेशी जनताको लागि आफूले जे मिहिनेत गरेँ त्यसको फल अहिले लाग्दै गरेको समेत उनले स्पष्ट पारे ।  
तपाई प्रदेश नम्बर २ मा हुनुहुन्छ । मधेशका जनताले के खोजेका रहेछन् रु भनेर पत्रकार धमलाले गरेको प्रश्नमा उनले थपे,‘सबैभन्दा पहिलो म यहाँका जनतालाई धन्यवाद दिन चाहन्छु । जनतामा नयाँ जागरण पैदा भएको मैले देखेको छु । राजनीतिक र भौतिक जागरण जनतामा पाएँ । जनतामा मर्निङवाक गर्ने कल्चर भएको रहेछ । स्वास्थ्यप्रति सबै सचेत भएको देखेँ । स्वास्थ्यसँगै राजनीतिक चेतना पनि बढेको छ । २ नम्बर प्रदेशका सबै ठाउँमा लगातार घुमिरहेको छु । ठूलो उत्साह जनतामा पैदा भएको छ । नयाँ परिवर्तनका ल्याउने हिसाबले नयाँ नेतृत्वको खोजी मधेशका जनताले गरेका छन् । यस क्षेत्रमा हाम्रो पार्टीको पर्फरमेन्स राम्रो हुन्छ ।’
गिरिजाबाबुसँग हस्ताक्षर गरेर नै अहिले देश संघिय लोकतान्त्रिक गणतन्त्रको यात्रामा रहेको बताउँदै उनले भने,‘गिरिजाबाबु जाँदाजाँदै हस्पिटलबाट के भन्नुभयो भन्ने कुरा आम नेपाली जनतालाई थाहा छ, देश तपाईलाई जिम्मा लगाएर जाँदैछु भन्नुभएकै हो । त्यो जिम्मेवारी मैले महसुश गरेकै छु । मधेशको सवालमा म दोस्रो पटक प्रधानमन्त्री भएपछि धेरै काम गरेको छु । मधेश आन्दोलनलाई सम्बोधन गर्नका लागि घाइतेको उपचारदेखि सहिद घोषणासम्मका कामलाई प्राथमिकतामा राखेँ ।’
संविधान संशोधनद्धारा मधेशी जनताको हक अधिकार सुनिश्चित गर्ने कुरामा आफूले धेरै मिहिनेत गरेको दाहालले स्पष्ट पारे । उनले भने,‘अहिले यो क्षेत्रमा म आउँदा के महसुस गरेँ भने प्रधानमन्त्रीको रुपमा जे मिहिनेत गरेँ, त्यसको फल अहिले लाग्दैछ । मधेशी जनतामा एउटा लहर आएको छ । मधेशी जनताको पहिचान, अधिकार र यहाँको विकास गर्न सक्ने पार्टी माओवादी नै हो । मधेशमा जागरण ल्याउने पार्टी माओवादी नै हो । माओवादीको नेतृत्वमा मधेशीका १३ सय छोराछोरीको ज्यान गएको छ । त्यसैले नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र आउनुमा मधेशी जनताको ठूलो भूमिका छ ।’
हिजो राजाको पछि लाग्नेहरुले गणतन्त्र ल्याएको त हुँदै नभएको बताउँदै उनले यो चेतना मधेशमा अहिले आएको स्पष्ट पारे । दाहालले अघि भने,‘जनताले अब माओवादी पार्टीबाट मात्रै विकास सम्भव छ भन्ने कुरा बुझेका छन् । म धेरै खुशी छु । सर्लाहीमा साँढे छ हजार एकैपटक माओवादीमा प्रवेश गरेका छन् । रौतहटमा ४ हजार हाम्रो पार्टीमा प्रवेश गरे । म जहाँ पुगेको छु, सबै ठाउँमा पार्टी प्रवेशको लहर चलेको छ ।’
चुनावी तालमेल हुन नसक्दा केन्द्रिय गठबन्धनलाई प्रभाव पार्छ कि पार्दैन रु भनेर सोधेको अर्को प्रश्नमा दाहालले भने,‘त्यस्तो केही प्रभाव पार्दैन । हामी चाहन्छौँ कि शान्ती प्रक्रियाका बाँकी काम पनि टुङ्यिोस् । सबै निर्वाचन समयमा नै होस् । देश आथिृक समृद्धितर्फ जाओस भन्ने हाम्रो चाहना हो । त्यसकारण अहिलेको चुनावमा तालमेल नहुँदैमा कांग्रेससँगको गठबन्धनमा कुनै असर पर्दैन ।’ शान्तीप्रक्रिया टुङ्ग्याउन र देशलाई विकासको बाटोमा लैजानका लागि यो सहकार्य धेरै परसम्म लैजानु आवश्यक रहेको प्रचण्डको भनाई थियो । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री