शनिबार, ८ वैशाख २०८१

८.० म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट कम्तीमा नौ व्यक्तिको मृत्यु

समयपोष्ट २०७४ भदौ २३ गते ११:३७

बिहीबार अबेरराति आएको ८.० म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट मेक्सिकोमा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको समाचार छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले यस भूकम्प ८.१ म्याग्निन्युडको रहेको जानकारी दिएको छ । यस भूकम्पबाट चिआपास राज्यमा घर भत्किएर सात व्यक्तिको मृत्यु भएको राज्य नागरिक प्रतिरक्षा विभागका एक अधिकारीले पुष्टि गरेका छन । 

Advertisement

त्यसैगरी छिमेकमा पर्ने तबास्को राज्यमा दुई व्यक्तिको मृत्यु स्थानीय अधिकारीले जानकारी दिएका छन । मेक्सिकोको राजधानी मेक्सिको सिटीबाट निकै टाढा रहेको भूकम्पको केन्द्रबिन्दू चिप्सा राज्यको ट्रेस पिकोस सहरबाट करिब १२० किलोमीटर दक्षिणतर्फ रहेको बताइएको छ । 

उक्त भूकम्पपछि सुनामीको पनि चेतावानी दिइएको छ । आगामी १२ घन्टासम्म सुनामीको खतरा रहेको मौसमविदहरुले जनाएका छन । शुक्रबार बिहानतिर सुनामीको पनि खतरा रहेको जानकारी दिइएको समाचारमा उल्लेख गरिएको छ । 

प्रारम्भिक सूचना अनुसार उक्त भूकम्प निकै शक्तिशाली रहेकोले ठूलो क्षतिको अनुमान गरिएको छ । क्षतिको विवरण सङ्कलन हुन बाँकी रहेको हालसम्मको समाचारअनुसार कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ ।  त्यसैगरी उद्वारका लागि पनि ठूलो सङ्ख्याका सुरक्षाकर्मी खटाइसकेका मेक्सिकोको गृह मन्त्रालयले जानकारी दिएको छ । रासस/सिन्ह्वा 

प्रतिक्रिया

सम्बन्धित सामाग्री