मंगलबार, २४ असार २०८२

अझै अन्धकारमा अक्षर खोज्दै विद्यार्थी

समयपोष्ट २०७४ भदौ २३ गते ९:३७

गुल्मीमा विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीका लागि निःशुल्करुपमा सोलार टुकी वितरण शुरु गरिएको छ । 

Advertisement

‘शिक्षाका लागि उज्यालो कार्यक्रम’ अन्तर्गत गुल्मी क्षेत्र नं ३ का ३४ विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई सोलार टुकी वितरण गर्न थालिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

गाउँमा विद्युत् नपुगेका स्थानका विद्यार्थीलाई पठनपाठनमा समस्या नहोेस् भन्ने उद्देश्यले उज्यालो कार्यक्रमअन्तर्गत गुल्मीको क्षेत्र नं ३ अन्तर्गत ३४ वटा विद्यालयमा अध्यनरत दुई हजार ८४३ विद्यार्थीका लागि निःशुल्क सोलार वितरण गर्न लागिएको हो । 

यसरी निःशुल्करुपमा सोलार पाउने विद्यालयहरुमा बाझकटेरी माध्यमिक विद्यालय, अग्लुङ माध्यमिक विद्यालय अग्लुङ, रघुफेदी माध्यमिक विद्यायल, अर्जै माध्यमिक विद्यालय, छापहिले माध्यमिक विद्यालय, जमल पोखरी माध्यमिक विद्यालय, ठाडढुङ्गा माध्यमिक विद्यालय, नेटा दर्लिङ माध्यमिक विद्यालय, रामराज्य माध्यमिक विद्यालय दोहोलीलगायत छन् । 

सहजरुपमा विद्युत्को पहुँच नपुगेका विद्यालयमा विद्यार्थीलाई उक्त सोलार टुकी वितरण गरेपछि विद्यार्थीसमेत निकै खुसी बनेका छन् । रासस 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री