शनिबार, ८ वैशाख २०८१

नाडा अटो शो २०१९ सम्पन्न, ८१ हजारले गरे अवलोकन

समयपोष्ट २०७६ भदौ १६ गते ११:१२

Advertisement

नाडा अटोमोबाइल डिलर एशोसिएशनले हरेक वर्ष आयोजना गर्दै आएको नाडा अटो शोको १४ औं संस्करण सम्पन्न भएको छ ।

भदौ १० गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको उक्त प्रदर्शनी आइतवार सम्पन्न भएको हो ।

अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो मेलाका रूपमा आयोजित प्रदर्शनीमा ८१ हजारले अवलोकन गरेको नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले जानकारी दिए । गत वर्ष ६५ हजारले मात्रै प्रदर्शनी अवलोकन गरेकोमा यस वर्ष अवलोकनकर्ताको संख्या बढेको हो ।

यस्तै अनुमानित ५०० करोडकाे काराेबार भएकाे छ । नाडाका उपाध्यक्ष कृष्ण प्रसाद दुलालले शाेबाट ५०० कार बुक भएकाे जानकारी दिए ।

यो वर्षको मेलामा सबैजसो कम्पनीका नयाँ गाडी सार्वजनिक भएका थिए । ती सबै गाडीको मूल्य पनि प्रतिस्पर्धीनै थियो । यो मेलामा महिन्द्राको एक्सयूभी-३००,मराजो, टाटाको एच फाइभ, हुण्डाईको भेन्यु, कियाको विद्युतीय गाडी निरो र सुजुकीको एसक्रस, एर्टिगा, सियाज, टयोटाको हाइब्रिड गाडी र्याभ फोर तथा क्यामरी र रेनोको टाइबर सार्वजनिक भएको थियो।

समापन कार्यक्रममा प्रदर्शनीमा सहभागी २३ ओटा चारपांग्रे अटोमोबाइल कम्पनीमध्येबाट टोयोटाको नेपालका लागि आधिकारिक विक्रेता युनाइटेड सिन्डीकेटले बेस्ट स्टल अवार्ड पायो ।

यस्तै, १९ ओटा दुईपांग्रे कम्पनी प्रदर्शनीमा सहभागी भएकोमा केटीएम मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता हंशराज हुलासचन्दले बेस्ट स्टल अवार्ड प्राप्त ग¥यो । बेस्ट सपोर्टिङ स्टल अवार्ड भने लक्ष्मी मोबाइल प्रालिले जित्यो ।

साना र ठूला गरी जम्मा ९५ ओटा कम्पनी सहभागी भएको उक्त प्रदर्शनीमा १६० ओटा स्टल र ब्लक थिए । आयोजकले उक्त मेलामा भएको आर्थिक कारोबार सार्वजनिक गरिसकेको छैन । गत वर्ष रू. ५ अर्बको आर्थिक कारोबार भएकोमा आयोजकले यस वर्ष सोभन्दा बढीको कारोबार गर्ने लक्ष्य लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री