शुक्रबार, १४ वैशाख २०८१

गाईको बारेमा बैज्ञानीकहरुले फेला पारे यस्तो रहस्य

समयपोष्ट २०७४ भदौ २० गते ६:२२

गाईको दुधबाट हुँने फाईदाको बारेमा बिज्ञानले धेरै अघि पुष्टि गरिसकेको छ । गाईको दुध मात्र होईन गाई स्वयंममा समेत खास क्षमता हुँने एउटा अनुसन्धानले पुष्टि गरेको छ । बैज्ञानीकहरुका अनुसार गाईको शरीरमा प्राकृतीक रुपमै कम्पास (दिशा सुचक)रहेको हुन्छ । जसरी चुम्बकिय कम्पासको सुई सधै उत्तर दक्षिण दिशामा अस्थिर हुँने गर्छ त्यसरीनै गाईले चरणको समयमा सधै मुख उत्तर दिशातर्फ फर्काउने बैज्ञानीकहरुले जनाएका छन् ।

Advertisement

बैज्ञानीकहरुका अनुसार गाईहरु समुहमा चर्ने भन्दा सधै एक्ला एक्लै उत्तर दिशा तर्फ मुख फर्काएर चर्ने गर्छन् । साथै उत्तर दिशातर्फ फर्केरनै उग्राउछन् । विश्वका कुनै पनि कुनामा पाईने गाईहरुमा यस किसिमको गुणमा समानता रहेको बैज्ञानीकहरुले जनाएका छन् । 

गाईको यस किसिमको अनौठो प्रबृतीको पुष्टि बैज्ञानीकहरुले गुगल अर्थ इमेजेबाट गरेका हुन् । सन् २००८ मा युनिभर्ससिटी अफ डुइसबर्ग-एसेनका डा. सेबाइन बेगल र टिमले गुगल अर्थ स्याटालाईट इमेजको अध्यन गरेको थियो । अध्यन गरिएको इमेज भारत,आयरल्याण्ड,ब्रिटेन ,अमेरिका लगायतका देशहरुको थियो । 

सोही अध्यनबाट बैज्ञानीकहरुले दुध दिने जनावरहरुमा पृथ्वीको म्याग्नेटिक फिल्ड अनुसार उत्तर र दक्षिण मुख फर्काएर चर्ने प्रबृत्ति हुने गरेको बताएका छन् । हाल बैज्ञानीकहरु गाईलार्ई पुर्व पश्चिम दिशातर्फ बसाउनाले गाईको दुध दिने क्षमतामा पर्ने नकारात्मक असर पर्छ कि पर्दैन भन्ने बारेमा अध्यन गरिहेका छन् । 

बैज्ञानीकहरुले लाखौ बर्ष पहिले जंगली गाईहरु अप्रिका एशिया र युरोपका मैदानहरुमा विचरण गर्न तथा फैलन सोही क्षमताका कारण सम्भव भएको आकलन गरेका छन् । गुगल स्याटालाईट इमेजमा मृगहरुले पनि गाईहरुले जस्तो आचरण गर्ने गरेको पाईएको छ । मृर्गहरु पनि गाईहरु जस्तै चर्दा र बस्दा उत्तर दिशातर्फ मुख फर्काउँने गर्छन् ।  

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री