बिहीबार, १५ चैत २०८०

नेप्से २५.४७ अंकले घट्यो

समयपोष्ट २०७४ भदौ १९ गते १०:४८

सोमबार नेप्से २५.४७ अंकले घटेर १५५४.५६ अंकमा झरेको छ । यसदिन १५२ कम्पनीका १५ लाख ७० हजार कित्ता शेयर ८४ करोड रुपैयाँमा खरिद बिक्री भएको छ । आज सबैभन्दा बढी फर्स्ट माईक्रोफाइनान्सको तीन करोड २७ लाख रुपैयाँ बराबरका शेयर खरिद बिक्री भयो । आज सबै समुहका परिसुचक घटेका छन् । 

Advertisement

बाणिज्य बैंक २५.७४, होटल १३.२५, विकास बैंक ३६.१७, जलबिद्युत १९.७३, फाइनान्स ४.०१, बीमा १३६.७३ उत्पादनमूलक १८.४६ र अन्य ४.९१ अंकले घटेका छन् । 

आज सबैभन्दा बढी आरएसडीसी लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन्। हाम्रो विकास बैंकका शेयरधनीले सबैभन्दा बढी सात प्रतिशतले गुमाएका छन् ।            

प्रतिक्रिया

सम्बन्धित सामाग्री