शनिबार, १५ वैशाख २०८१

दशैंका लागि खाद्य संस्थानले २५ सय खसीच्याङ्ग्रा ल्याउने

समयपोष्ट २०७४ भदौ १६ गते ६:०८

नेपाल खाद्य संस्थानले दशैंका लागि करीब दुई हजार ५ सय खसीच्याङ्ग्रा काठमाडौं ल्याउने भएको छ ।

Advertisement

उपभोक्तालाई लक्ष्य गरेर एक हजार ५ सय खसी र एक हजार च्याङ्ग्रा ल्याइने संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिए। उनका अनुसार एक हजार खसी हेटौंडा र ५ सय  खसी दाङ तथा एक हजार च्याङ्ग्रा मुस्ताङबाट ल्याइनेछ । खसीच्याङ्ग्रा संकलन गर्न सम्बन्धित अञ्चल कार्यालयलाई निर्देशन दिइसकेको छ ।

संकलित खसीच्याङ्ग्रा काठमाडौं उपत्यकाको थापाथलीस्थित संस्थानको अंचल कार्यालयबाट घटनास्थापनापछि  विक्रीवितरण गरिने खनालले बताए ।
यसैबीच शुक्रबारदेखि रामशाहपथस्थित नेशनल ट्रेडिङ लिको कार्यालयमा सहुलियत पसल संचालन हुने भएको छ ।

यस वर्ष पनि संस्थान, नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङ लि र दूग्ध विकास संस्थानले दशैंतिहारका लागि चाहिने उपभोग्य वस्तुका लागि सहुलियत पसल सञ्चालन गर्नेछन्।

यस पटक दशैंदेखि छठसम्मका लागि काठमाडौं उपत्यकाका टेकु, महाराजगञ्ज, सातदोबाटो, थापाथली, कलंकी, कोटेश्वर र पुरानो बानेश्वर गरी आठ ठाउँमा सुपथ पसल संचालन गरिनेछ । रासस

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री