शुक्रबार, ४ जेठ २०८१

युएईबाट दुई बच्चासहित भागेकी रानीको यस्तो तस्विर बाहिरियो

समयपोष्ट २०७६ साउन १७ गते ९:४७

Advertisement

युएईबाट (दुबई) बाट भागेर लन्डनमा बसिरहेकी शासक शेख मोहम्मद अल मख्तुम की छैठौ पत्नी हयाको एक तस्विर सार्वजनिक भएको छ । उक्त तस्विरमा उनी भाई प्रिन्स अलिको साथमा देखिन्छिन् ।

उक्त तस्विरबाट हयालाई उनका भाईले पूर्ण रुपमा साथ दिइरहेको प्रष्ट हुन्छ । सो तस्विर उनका भाई प्रिन्स अलीलेनै आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।

हया बिन्त अल हुसेनले लन्डनस्थित उच्च अदालतमा आफ्ना बालबालिका र आफ्नो जीवन रक्षा गर्न माग गर्दै मख्तुमको विरुद्धमा रिट समेत दायर गरेकी छिन् । डेली मेलका अनुसार बिहीबार ४५ वर्षीया हया र उनका भाई जोर्डनका राजकुमारसँग बसेको तस्बिर सार्वजनिक भएको छ ।

तस्बिरमा हयाका भाईले उनलाई अँगालो मारेको देखिन्छ । हयाको कपडामा जोर्डनको झण्डाजस्तो लोगो समेत देख्न सकिन्छ । यो तस्बिर उनका भाई प्रिन्स अलीले आफ्नो ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् । पति मख्तुमबाट छुट्टिएपछि आफ्नो जीवन बचाउन लण्डनमा दुई बच्चाहरुको साथ लुक्नुपरेको रानी ह्याले दाबी गर्दै आएकी छिन् ।

Advertisement

हया र अली जोर्डनका राजा हुसेनका छोराछोरी हुन् । हुसेनपछि १९९९ मा अब्दुल्लाह दृतियले त्यहाँको सिंहासन सम्हालेका थिए । हालसालै राजा अब्दुल्लाहले दुई पटक युएइको भ्रमण समेत गरेका छन् ।

शेख मोहम्मद बिन मख्तुमका ६ पत्नी र २० छोराछोरी

शासक मोहम्मदले अदालतसँग पत्नीसहित बच्चाहरुलाई युइए पठाउन माग गरेका छन् । ७० वर्षीय शेख मोहम्मदको हयासँग सन् २००४ मा विवाह भएको थियो । युएइका भाइस प्रेसिडेन्ट समेत रहेका उनका ६ वटी पत्नी रहेका छन् । ६ वटी पत्नीहरुमध्ये हया छैटौं पत्नी हुन् ।

उनका ६ वटा पत्नीका २० वटा छोराछोरी रहेका छन् । हयाको जन्म जोर्डनकी दिवंगत रानी आलियाको कोखबाट भएको थियो । रानी अलियाको हेलिकोप्टरर दुर्घटमा परेर निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री