शनिबार, १५ वैशाख २०८१

सिद्धार्थ बैंकले ‘मेरो सेयर खाता’ सञ्चालनमा ल्यायो

समयपोष्ट २०७४ भदौ ९ गते ११:२७

सिद्धार्थ बैंकले एक सुविधा अनेक भन्ने नाराका साथ ‘मेरो सेयर खाता’ सञ्चालनमा ल्याएको छ । यो खाताबाट सरल र सुरक्षित तरिकाले आस्बा प्रणाली मार्फत निःशुल्क अनलाइन आस्बा एप्लिकेसन, सिडिएसको अनलाइन एप्लिकेसन सुविधा लिन सकिनेछ ।

Advertisement

आइपिओ तथा एफपिओमा आवेदन गर्ने लगानीकर्ताहरुलाई ध्यानमा राखेर ल्याएको यस खातामा ग्राहकले ६ प्रतिशतसम्म वार्षिक ब्याजदर प्राप्त गर्नेे बैंकले जनाएको छ।

त्यस्तै बैंकले डिम्याट खाताको वार्षिक शुल्कमा छुट प्रदान गर्नुका साथै ५ लाखसम्मको निःशुल्क दुर्घटना बीमा लगायतका सुविधाहरु पनि रहेको जनाएको छ ।  

यो खाता खोल्न ग्राहकहरुले सिद्धार्थ बैंकको कुनै पनि शाखा कार्यालय तथा सिद्धार्थ क्यापिटल, नारायणचौर नक्सालमा सम्पर्क सक्ने बैंकले जनाएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री