शुक्रबार, १४ वैशाख २०८१

विश्वको शिक्षा नेपालमा लागू गर्न ‘एड्भान्स एड सम्मेलन’ आयोजना हुने

समयपोष्ट २०७४ भदौ ९ गते १०:४२

म्यानेजमेन्ट इन्टिच्युट फर नेशनल डेभलपमेन्ट (माइण्ड) नेपालले विश्वको शिक्षालाई नेपालमा लागू गर्न ‘एड्भान्स एड सम्मेलन’ गरिने भएको छ । 

Advertisement

माइण्ड नेपालले शुक्रबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रियस्तरको उच्च माध्यामिक शिक्षा प्रदायक शैक्षिक संस्था (एड्भान्सएड)लाई नेपालमा लागू गर्न सम्मेलन गर्न लागिएको जानकारी दिएको हो । 

सम्मेलनमा माइण्ड नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल प्रधानले नेपालमा प्रथमपटक उच्च माध्यामिक एवं माध्यामिक शिक्षा समुदायमा शैक्षिक उन्नतिका लागि आगामी आइतबार काठमाडौँमा सम्मेलन गर्न लागिएको जानकारी दिए । 

सम्मेलनमा माइण्ड नेपालका प्रमुख कार्यसम्पादन अधिकृत सुजन अर्यालले नेपालको शिक्षालाई अन्तर्राष्ट्रिय शिक्षासँग जोड्न यो सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिए   । “उच्च शिक्षाका लागि दिनहुँ विदेशिने युवालाई स्वदेशमा शिक्षा दिने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेका हौँ”, अर्यालले भने । 

सम्मेलनमा एड्भान्सएडका प्रमुख कार्यकारी अधिकृत डा एन्नेटे बोह्लिङ, एड्भान्सएडका एशिया–अष्ट्रेलियाका उपाध्यक्ष डा केम हुसैन, एड्भान्स एड एशिया–अष्ट्रेलिया क्षेत्रीय निर्देशक डा एन्ने म्यारी उल्सेलगायतले नेपालको शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन यो सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए । 

एड्भान्सएडले विश्वका ७० भन्दा बढी मुलुकमा ४० हजारभन्दा बढी उच्च माध्यामिक विद्यालय तथा माध्यामिक विद्यालयमा आफ्नो गुणस्तरीय शैक्षिक प्रणाली लागू गरिसकेको छ । जसमा दुई करोडभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । 

सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस  

प्रतिक्रिया

सम्बन्धित सामाग्री