बिहीबार, १३ वैशाख २०८१

अशोक लेल्याण्डको सवारी खरिदमा रोजेको उपहार पक्का,यूएम कमाण्डो बाइक देखि विदेश भ्रमणसम्म

समयपोष्ट २०७४ भदौ ७ गते ६:०५

अशोक लेल्याण्डको आधिकारिक विक्रेता आइएमई मोटर्सले ‘उत्सबको बहार दमदार गाडीको बेजोड उपहार’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत अशोक लेल्याण्डको कुनै पनि मोडलको बस, ट्रक तथा ट्रिपरहरु खरिद गर्दा सवारीको सङख्या तथा चाहना अनुरुपको उपहार रोज्न पाइने छ ।

Advertisement

यस योजनामा ग्राहकले आइफोन सेभेन प्लस, ९.७ इन्चको आइप्याड, सोनीको ५० इन्च एचडी स्मार्ट टिभी, सामसुङ वासिङ मेसिन, २.५७ तोलाको सुनको क्वाइन, पावरम्याक्स स्कुटर, एक जनालाई ४ रात तथा ५ दिनको मौरिसियस भ्रमण वा म्याक बुक प्रो १३ इन्चमध्ये एक छनोट गर्न पाइने कम्पनीले जनाएको छ।

यसका साथै कुनै पनि दुई थान गाडीको खरिदमा म्याक बुक प्रो १३ इन्च, आइफोन सेभेन प्लस, ९.७ इन्चको आइप्याड, सोनीको ५० इन्च एचडी स्मार्ट टिभी, सामसुङ वासिङ मेसिन, फ्रिज, ५.१४ तोलाको गोल्ड क्वाइन, यूएम कमाण्डो बाइक वा एक जोडीलाई ४ रात तथा ५ दिनको मौरिसियस भ्रमणमध्ये कुनै एक छनोट गर्न पाउने छन् । 

यस योजना भदौ ३१ सम्म देशभर लागु हुने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री