शुक्रबार, १४ वैशाख २०८१

खाद्य संस्थानले भदौ २० गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने

समयपोष्ट २०७४ भदौ ३ गते ५:१८

नेपाल खाद्य संस्थानले भदौ २० गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । खाद्य संस्थानले आपूर्ति मन्त्रालयको समन्वयमा हरेक वर्ष दशैतिहारलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालन गर्ने गरेको छ । 

Advertisement

 सुपथ मूल्य पसलमा अन्य किराना पसलहरुमा भन्दा अत्यावश्यक खाद्यान्न सस्तो मुल्यमा उपलब्ध गराईन्छ ।  यस पसलमा उपभोक्ताले किलोमा दुर्इ रुपैयाँदेखि पाँच रुपैयाँसम्म सस्तोमा सामान खरिद गर्नसक्छन् ।  

सहुलियत पसलमा दशैं तिहारलाई आवश्यक पर्ने नुन, तेल, चिनी, दाल, चामल, घीउ लगायतका खाद्य सामाग्री बिक्रीका लागि राखिन्छ। साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसँगको सहकार्यमा सुरु गरिने सुपथ मूलय पसल राजधानी बाहिर पनि सुरु गरिने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री