शुक्रबार, १६ चैत २०८०

नेपाल हाईड्रोमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको आवेदन,शेयर बाँडफाँड गोलाप्रथाबाट गरिने निश्चित

समयपोष्ट २०७४ भदौ १ गते ६:४१

नेपाल हाईड्रो डेभलपर कम्पनीको आईपिओमा १ अर्ब ४८ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले तीन करोड ९० लाख रुपैयाँ बराबरको तीन लाख ९० हजार कित्ता शेयर श्रावण २७ देखि ३२ सम्म निष्कासन गरेको थियो ।

Advertisement

 एक लाख ७० हजार आवेदनबाट यो रकम बराबरको आवेदन परेको एनएमबि क्यापिटल जनाएको छ । 

सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्टयाइएको शेयर बाहेक साधारण लगानीकर्तालाई करिब ३६ हजार २७० जनालाई मात्र १० कित्ताका दरले शेयर बाँडफाँड गर्न सकिन्छ। 

यसकारण शेयर बाँडफाँड गोलाप्रथाबाट हुन्छ । गोलाप्रथाबाट गर्दा करिब एक लाख ३४ हजार आवेदकलाई शेयर नपर्ने निश्चित छ । प्राथमिक शेयरमा आबेदन दिने करिब २० प्रतिशतले मात्रै १० कित्ता शेयर पाउनेछन् ।   

तीन शाखाले संकलन गरेको रकमको तथ्यांङ्क भने आउन बाँकी रहेको एनएमबि क्यापिटल जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री