शुक्रबार, ७ वैशाख २०८१

नेपाल र चीनबीच तीन सम्झौता : अरनिको राजमार्ग स्तरोन्नति देखि पेट्रोलियम अन्वेषणसम्म

समयपोष्ट २०७४ साउन ३१ गते ११:१५

नेपाल र चीनबीच महत्वपूर्ण तीन आर्थिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । चीनका राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ नेपाल आएका बेला नेपालको सामाजिक–आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्ने तीन महत्वपूर्ण सम्झौता भएका हुन् । नेपालका तर्फबाट अर्थसचिव डा.शान्तराज सुवेदी र चीनका अर्थसचिवयु जियाङहुवाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।  

Advertisement

अर्थसचिव सुवेदीका अनुसार पेट्रोलियम पदार्थ र ग्यास अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौता भएको छ । यसका लागि  चीनले २ अर्ब १० करोड रुपैयाँ सहयोग सम्वन्धि सम्झौंतमा हस्ताक्षर भएको छ। सुवेदीले हिमालय र तरार्इ क्षेत्रमा पेट्रोलियम अन्वेषणका लागि चीनले दुर्इ अर्ब १० करोड रुपैयाँ सहयोग गरेको जानकारी दिए ।

नेपाल र चीनबीच द्धिपक्षीय लगानी तथा आर्थिक सहायताप्रवर्द्धन सम्वन्धी आधारभूत सम्झौंतामा पनि हस्ताक्षर भएको छ ।
उनले चिनियाँ लगानी भित्र्याउनका लागि यो सम्झौंता सहयोगी हुने बताए । यो सम्झौंतामा लगानीका सम्भाब्यता क्षेत्रहरुमा यातायात तथा संचार,उर्जा,निर्माण,खानी,शहरी विकास,कृषि तथा खाद्य प्रशोधन,वन तथा काष्ठ प्रशोधन,पर्यटन तथा त्यससम्वन्धी उद्योग, उत्पादनमूलक तथा पूर्वाधार क्षेत्रमा चिनियाँ लगानी ल्याउने उल्लेख छ।

त्यस्तै  सम्झौंतामा रसुवागढी नाकाका पुलहरु पुनर्निर्माण गर्ने र अरनिको राजमार्ग मर्मत गर्ने विषय सैद्धान्तिक सहमति भएको सुवेदीले बताए । सुवेदीका अनुसार यो परियोजनाका लागि चीनले करिब १५ अर्ब २४ करोड रुपैयाँ सहयोग गरेको छ । भूकम्प र बाढीले भत्किएको अरनिको राजमार्ग मर्मत हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री