शुक्रबार, १६ चैत २०८०

उपत्यकामा गुड्छन् दैनिक ६ लाख गाडी

समयपोष्ट २०७३ भदौ १४ गते २:३३

 काठमाडौं उपत्यकामा दैनिक ६ लाखभन्दा धेरै सवारीसाधन गुड्ने गरेका छन्। यातायात व्यवस्था विभागको तथ्यांकअनुसार बागमती अञ्चलमा मात्रै नौ लाख २२ हजार नौ सय सवारीसाधन दर्ता छन् ।

Advertisement

तीमध्ये अधिकांश उपत्यकाभित्रै चल्छन् । विभागका अनुसार दर्ता भएकामध्ये ७० प्रतिशत सवारीसाधन दिनको एकपटक सडकमा निस्कन्छन् । यस आधारमा उपत्यकाभित्रका सडकमा मात्रै दैनिक ६ लाख ४६ हजार ३० सवारीसाधन गुड्ने गरेको विभागले जनाएको छ ।

विभागका उपमहानिर्देशक तथा प्रवक्ता वसन्त अधिकारीले उपत्यकामा दैनिक पाँच लाखभन्दा धेरैको संख्यामा साना–ठूला यातायातका साधन गुड्ने गरेको बताए ।

विभागको तथ्यांकअनुसार मुलुकभर २३ लाख २७ हजार ६ सय १६ सवारीसाधन दर्ता छन् । त्यसमध्ये ७० प्रतिशत सवारीसाधन सञ्चालनमा छन् । बाँकी ३० प्रतिशत भने बिग्रिएर थन्किएका छन् । दर्ता भएकामध्ये ३९।६५ प्रतिशत सवारीसाधन बागमती अञ्चलमा दर्ता भएका छन् । यो भनेको नौ लाख २२ हजार नौ सय हो । बागमती अञ्चलबाहेक मात्रै झन्डै ६० प्रतिशत सवारीसाधन दर्ता भएका छन् । यो भनेको १४ लाख चार हजार सात सय १६ हो ।

विभागका अनुसार उपत्यकाभित्र गुड्ने सवारीसाधनमध्ये सबैभन्दा धेरै मोटरसाइकलको संख्या छ । बागमती अञ्चलमा मात्रै सात लाख २२,७२२ मोटरसाइकल दर्ता भएका छन् । दर्ता भएकामध्ये अधिकांश मोटरसाइकल उपत्यकाभित्रकै सडकमा सञ्चालन हुन्छन् ।

 नयाँ पत्रिका दैनिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री