शुक्रबार, १४ वैशाख २०८१

 बैंक अफ काठमाण्डू पहिलो पटक अर्बपति क्लबमा

समयपोष्ट २०७४ साउन २७ गते ७:४९

 बैंक अफ काठमाण्डू गत आर्थिक बर्षमा एक अर्ब २३ करोड रुपैयाँ नाफा कमाउँन सफल भएको छ । 

Advertisement

बैंकले गत आर्थिक बर्ष ८९ प्रतिशतले नाफा बृद्धि गर्दै अर्बपति क्लबमा उक्लिन सफल भएको  हो । 

अघिल्लो आर्थिक बर्ष बैंकले ६५ करोड ५२ लाख रुपैयाँ नाफा गरेको थियो। 

बैंकले गत असारसम्ममा ७२ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरि ६२ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

बैंकले १७ करोड १७ लाख डुबेको ऋण राइटब्याक समेत गरेको छ।बैंकको चुक्ता पूँजी पाँच अर्ब ६२ करोड रुपैयाँ रहेको छ।

बैंकको जगेडा कोषमा तीन अर्ब ३२ करोड रुपैयाँ छ भने खराब कर्जा २ .५१ प्रतिशतबाट १.४६ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री